शंकास्पद लक्षण पछि बागलुङका डाक्टरकै स्वाब परीक्षण

दिल शिरीष, बागलुङ

दुई संक्रमित निको भएर घर फर्किए पछि आंशिक राहत महुशुस गरिएको बागलुङमा फेरी स्वास्थ्यकर्मी सहित दुई जनाको स्वाब परीक्षणका लागि पठाइएको छ ।

धौलागिरी अञ्चल अस्पतालमा कार्यरत डाक्टर र अर्का एकजनामा कोरोना भाइरस (कोभिड १९) को लक्षण देखिएपछि स्वाब संकलन गरिएको हो ।

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गरौंले पनि स्वास्थ्यकर्मीको शंकास्पद लक्षण पश्चात स्वाब परीक्षणका लागी पोखरा पठाइएको पुष्टि गरे । ‘एक जना अस्पतालमै कार्यरत स्वाथ्यकर्मी र अर्को एक जनाको स्वाब परीक्षणका लागि पठाइएको छ,’ गुरौले भने, ‘यसले हामी सबैलाई झस्काएको छ, जिल्लामा सहज बन्दै गए पनि सबै सचेत हुन जरुरी छ ।’

अस्पतालमै कार्यरत डाक्टरलाई नै रुघाखोकी र ज्वरोको लक्षण देखिए पछि स्वाब संकलन गरी आकस्मिक रुपमा पोखरा पठाइएकोमा कोरोना संक्रमण नभएको नेगेटिभ रिपोर्ट आएको धौलागिरी अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिए । ‘डाक्टर सापलाई कोरोना सँग मिल्ने लक्षण देखिए पछि अस्पतालमा सबैलाई सन्त्रस्त बनायो,’ गौतमले भने, ‘रिपोर्ट नेगेटिभ आए पछि केहि राहत महुशुस भएको छ ।’ अर्का प्राइभेट स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीको रिपोर्ट भने आउन बाँकी रहेको उनले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *