बागलुङ जिल्लाभर ७५ जना क्वारेन्टाइनमा,हजार बढी कहाँ छन् ?

बन्दाबन्दीकै अवधिमा काठमाण्डौबाट बागलुङ आउने क्रममा रहेका नागरिक ।

आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाभर अहिले ७५ जना मात्र स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा छन् ।

जब की पछिल्लो एक सातामा मात्रै १ हजार बढि मानिसहरु काठमाण्डौ, पोखरा, बुटवल, चितवन लगायतका क्षेत्रबाट जिल्ला हुँदै गाउँ भित्रिएका छन् । त्यति ठुलो संख्या र उनीहरुको आगमनसँगै उत्पन्न जोखिमपूर्ण अवस्था प्रति सरोकारवाला निकाय बेखवर जस्तो देखिएका छन् ।

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गरौले बिहिवार साँझ सम्म बिभिन्न स्थानबाट आएका ८५ जना मात्र क्वारेन्टाइनमा रहेको आदर्श अनलाइनलाई जानकाकरी दिए । गुरौंका अनुसार, खर्कदेबी मावि, बडिगाडमा विभिन्न स्थानबाट आएका ४ जना, बागलुङ नगरपालिकाको रामरेखा आधारभूत विद्यालयमा २ जना, निसीखोला गाँउपालिका वडा नं. ६ मा रहेको जनकल्याण माबि, तिलाचन माबि र ज्ञानज्योति प्राबि भल्कोटमा ६८ जना, प्रभा मावि बोहरागाँउमा १ जना, जैमिनी नगरपालिका वडा नं. १० मा रहेको राङखानी माविमा ३ जना र किटेनी प्राविमा २ जना र बरेङ गाँउपालिका अन्र्तगत पुरानो स्वास्थ्य चौकी भवन नुन्थला सुखौरामा बुटवलबाट आएका ५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा रहेका सबैको अवस्था सामान्य रहेको उनले बताए । जिल्लाका १० वटै स्थानीय तहमा बिभिन्न स्थानबाट आएका अरु ठुलो संख्या भने होम क्वारेन्टाइनमै बसेको जनप्रतिनिधिहरुले बताएका छन् ।

गत साता मात्रै सांसद, नेता र जनप्रतिनिधिकै पहलमा बिभिन्न स्थानमा महिनौदेखि अलपत्र परेका आफ्ना क्षेत्रका नागरिकलाई गाडीको व्यवस्था गरेर जिल्ला ल्याइएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *