अब बागलुङमा शंकास्पद भए मात्रै कोरोना परीक्षण

डम्मर बुढा मगर, बागलुङ

बागलुङका दुई जना कोरोना संक्रमित निको भएर घर फर्किए पछि जिल्लामा कोरोना भाइरसको जोखिम, सन्त्रास र पुर्ववत सचेततामा उल्लेख्य कमी आएको देखिएको छ ।

जिल्लामा दुई कोरोना संक्रमितको पुष्टि पश्चात देशमै रेड जोनको रुपमा स्थापित भएको थियो । तर, बानपा ३ की ६५ बर्षीया मनकुमारी पौडेल र बानपा ४ की १९ बर्षीया अंशु सापकोटा निको भएर घर फर्किए सँगै पुर्ववत सचेतना र तयारीमा चासो कम देखिएको स्थानीयको गुनासो छ ।

यसै साता मात्र काठमाण्डौं, पोखरा, बुटवल, चितवल लगायतका स्थानबाट सयौंको संख्यामा नागरिकहरु जिल्ला भित्रिएका छन् । तर, उनीहरुको आवागमन, तथ्यांक संकलन, चेकजाँच, पूर्ववत सचेतताका लागि क्वारेन्टाइनमा राख्ने कार्यमा जिल्ला स्थित कमाण्ड पोस्ट, स्थानीय तह र अरु सरोकारवाला बीच यथेष्ट समन्वय हुन सकेको छैन । कतिपय स्थानीय तहकै प्रमुख देखि जिल्लाका सचेत नागरिक अगुवाहरुले भने मनपरी हिसावले आउने नागरिकबाट जिल्लामा पुनः जोखिम देखिएको भन्दै आवश्यक सजगता र तयारीमा अझै पनि ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
जसका कारण गाउँमा अझै पनि कोरोना जोखिम र भयभित अवस्था सिर्जना भएको छ ।

केही गाउँपालिका तथा नगरपालिकाले बाहिरबाट आएका जम्मा ७५ जनालाई क्वारेन्टाइनमा राखेका छन् । अरु एक हजार भन्दा बढि नागरिकबारे सरोकारवाला बेखबर छन् । यद्यपी उनीहरु सबै होम क्वारेन्टाइनमा बसिरहेको दावी छ ।

वडा तहका जनप्रतिनिधिले भने पछिल्लो समय गाउँ भित्रिएका सबैको ¥यापिड टेष्ट गर्नुपर्ने र त्यस पश्चात मात्र ढुक्क हुन सकिने बताएका छन् । चैत महिनामा विदेशबाट आएका ११ सय २८ जनाको भने कोरोना परीक्षण गरिसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो समय प्रयाप्त समन्वय बिना ठुलो संख्यामा जिल्ला भित्रिए पनि उनीहरुमा कुनै शंकास्पद लक्षण देखिए मात्र परीक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो । ‘जिल्लामा भित्रिएका सबैको ¥यापिड टेष्ट गर्न सम्भव छैन,’ उहाँले भन्नुभयो, ‘विभिन्न स्थानमा क्वारेन्टाइनमा रहेका र केही शंकास्पद बिरामीको ¥यापिड टेष्ट र त्यसमा पोजेटिभ देखिएमा पिसिआर समेत गरिनेछ ।’

अहिले बागलुङमा त्यस्तो आत्तिनु पर्ने अवस्था नरहेको उहाँको भनाई छ । ‘कसैमा त्यस्तो ज्वरो आउने कुनै शंकास्पद लक्षण देखिएमा उनीहरुको परीक्षण हुन्छ,’ कार्यालय प्रमुख गुरौले भन्नुभयो ‘काठमाडौँ, पोखरा लगायतका ठाउँबाट आएकाहरुको परीक्षण गर्न पर्दैन भन्ने निर्देशन छ, यदि कसैमा त्यस्तो किसिमको शंकास्पद लक्षण देखिएमा भने परीक्षण गर्नेछौ ।’ प्रमुख गुरौले पहिलेको तयारीलाई नै निरन्तरता दिइरहेको र सबै पालिकाहरुमा विदेश तथा अन्य ठाउँबाट आएका नागरिकहरुको स्वास्थ्य अवस्था के कस्तो छ भन्ने बारेमा निगरानी राख्ने गरी समन्वय गरिरहेका बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *