बागलुङ निसीका ६९ जनाको आरडिटी टेस्ट,सबैको रिपोर्ट नेगेटिभ

आदर्श अनलाइन,निसीखोला

बागलुङ जिल्लाको निसीखोला गाँउपालिकाका ६९ जनाको कोरोना भाइरस भए नभएको पहिचानका लागि दुर्त परीक्षण (आरडिटी टेस्ट) गरिएको छ ।

निसीखोला गाउँपालिका वडा नं. ६ स्थित जनकल्याण मा.वि., तिलाचन मा.वि. र ज्ञान ज्योति प्रा.वि भल्कोटमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका ६९ जनाको परीक्षण गरिएको थियो । परीक्षण गरिएका सबैको आरडिटी रिपोर्ट नेगेटिभ आए पछि उनीहरु सबैलाई होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको स्वास्थय कार्यालय बागलुङका प्रमुख सुरज गरौंले आदर्श अनलाइनलाई जानकारी दिए ।

पाँच जनाको पिसीआर स्वाब रिपोर्ट पनि नेगेटिभ

यसैगरी, बागलुङ नगरपालिकामा वडा नं. ३ बस्ने ३ जनाको तथा अञ्चल अस्पताल मार्फत २ जनाको पीसिआर मार्फत परीक्षणको लागि स्वाबको नमुना संकलन गरी पोखरा पठाइकोमा सबैको रिपोर्ट नेगेटीभ आएको गरौंले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *