कालिकोट र जाजरकोटका १० मजदुर बागलुङको आश्रयस्थलमा

साधना पन्त,बागलुङ

कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट बागलुङ आइपुगेका १० जना मजदुर बागलुङको शान्ति समितीको भवनमा आश्रय लिएर बसेका छन् ।

माछापुच्छ्रे गाउँपालिकाको हाइड्रोपावरमा काम गर्दै आएका कालिकोट जिल्लाको शान्नी त्रिवेणी गाउँपालिकाका ६ जना र जाजरकोट जिल्लाको कुशे गाउँपालिकाका ४ जना गरी १० जना मजदुर घर जाने पर्खाइमा आश्रयस्थलमा बसेका हुन ।

कास्कीको नयाँपुल सम्म सवारी साधन र त्यहाँबाट बागलुङ सम्म पैदल यात्रा गरि बागलुङ आइपुगे पछि प्रहरीले प्रक्रिया पुरा गरेर मात्र घर पठाउँने भन्दै आफुहरुलाई शान्ति समितिको भवनमा राखेको कालिकोटका नेत्र शाहीले जानकारी दिनुभयो ।

‘यहाँ बसे पनि काम रोकिएको छ, घरमा काम गर्ने मान्छे छैनन्, वर्षभरी जहाँ भएपनि खेती लगाउँने समयमा घर पुग्थे शाहीले भन्नुभयो, केही समय क्वारेन्टीनमा बसेर परिवारलाई सघाउन हुन्थ्यो ।’

पछिल्लो पाँच महिनादेखि सबैजना एउटै परियोजनामा काम गर्दै आएको र पछिल्लो समय अन्य व्यक्तिको सम्पर्कमा नआएकाले आफुहरुलाई कोरोना संक्रमणको डर नभएको जाजरकोटका नैनबहादुर नेपालीले बताउँनुभयो । सरासर घर जान पाएको भए ढुक्क हुन्थ्यो, उहाँले भन्नुभयो यसरी ठाउँ ठाउँमा बस्दा अन्य व्यक्तिहरुबाट संक्रमण हुन्छ की भन्ने डर बढेको छ ।

पोखराबाट हिडेर बागलुङ सम्म आइपुगेका उनिहरुलाई उद्योग वाणिज्य संघ र बागलुङ नगरपालिका संग सहकार्य गरेर घर पठाउन तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख शारदा प्रसाद चौधरीले बताउनुभयो । ‘यहाँसम्म हिडेर आउनु भएछ, यहाँबाट पनि हिडेर जानुस कसरी भन्नु, उहाँले भन्नुभयो सवारी साधनको व्यवस्थापन गरेर घर पठाउछौ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *