पर्सामा १४ संक्रमित पुष्टि पछि बागलुङमा १ सय जनाको स्वाब संकलन !

दिल शिरीष, बागलुङ

चैत्र तेस्रो साता दुई कोरोना संक्रमित पुष्टि भएसँगै आंतकित भएको बागलुङ बैशाख दोस्रो साता निको भए पछि ठुलो जोखिम टरेको निष्कर्ष सहित राहत महुशुस गरिएको थियो । तर, देशव्यापी रुपमा बढेको संक्रमित संख्या, बागलुङ जिल्लाको गलकोटबाट पर्सा गएका १४ मजदुरलाई कोरोना संक्रमण पुष्टि भए पछि फेरी जिल्लाभर संशय बढेको छ ।

यद्यपी, जिल्लाको गलकोटबाट पर्सामा मजदुर छोड्न गएका बागलुङका चालक, सहचालकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गलकोटमा दैनिक मजदुरी गरेर गत बैशाख ११ गते बिरगञ्जको पर्सा गएका १४ जनामा १७ दिनपछि कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भए पछि गलकोट क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङ तिव्र बनाइएको छ । स्थानीय स्वाथ्य चौकी र वडा कार्यालयसँग समन्वय गरी कन्ट्याक्ट ट्रेसिङ गर्दा करिब १ सय जनाको पिसिआर परीक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले आदर्श अनलाइनलाई जानकारी दिए । ‘यहाँबाट पर्सा गएको ठुलो संख्यामा कोरोना देखिए पछि यतै भयो कि उतै गए पछि भएको भन्नेमा ठुलो संशय छ,’ कार्यालय प्रमुख गुरौले भने, ‘चालक, सहचालकको रिपोर्टले उतै गए पछि संक्रमण भएको संकेत गरेको छ,तर पनि हामी संक्रमितहरुसँग सम्पर्कमा भएकाहरुको खोजी गरेर १ सय जतिको स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्ने तयारीमा छौ।’

आजदेखि संक्रमित मजदुरहरु सँग गलकोटमा रहँदा सम्पर्कमा रहेकाहरुको स्वाब संकलन थालिनेछ । एक दिनमा ३० देखि ४० जना सम्मको स्वाब संकलन गरिने र तीन दिनमा स्वाब संकलन सकेर पिसिआर परीक्षणका लागी पोखरा पठाइनेछ ।

जिल्ला कमाण्ड पोस्टले जिल्लाभरका सबै सीमा नाका र बजारमा लकडाउन प्रभावकारी बनाउन थालेको छ भने गलकोट नगरपालिकाले आफ्नो सबै नाका सिल गरेको छ । ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाले पनि सीमा नाकामा कडाई गरेको छ । अन्य स्थानीय तहमा भने अझै पनि खुकुलो देखिएको छ ।

‘बजार क्षेत्रमा अत्यावश्यकीय पसल,बैकं तथा वित्तिय संस्था खुलाउदा केही भीड बढेको छ, यसलाई तालिका बनाएर सञ्चालन गर्न समन्वय भइरहेको छ’ बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले भन्नुभयो, ‘जिल्ला र त्यसभित्रका मुख्य नाकाहरुमा पनि कडा निगरानी गर्ने, गाउँ नगर प्रवेश गर्नेहरुको अनिवार्य रुपमा चेकजाँच गरी लगत राख्न निर्देशन गरिएको छ ।’ अत्यावश्यकीय बाहेक अन्य दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनलाई पनि कडाईका साथ चेकजाँच गरिने प्रजिअ शैजुले बताए । ‘अहिले संक्रमित छैन भनेर ढुक्क हुने अवस्था रहेन, अब हाइ अलर्टमा बस्नुपर्ने भएको छ’ प्रजिअ शैजुले भने, ‘यो लकडाउन हामी सबैका लागि हो । यसको कार्यान्वयनमा सबैले सहयोग गरौ ।’
यो पनि पढ्नुहोस्
गलकोटकी बृद्धा आइशोलेसनमा

जिल्लाको गलकोटकी एक बृद्धालाई कोरोना आंशकामा धौलागिरी अस्पतालमा कोरोनाको आशंकामा एक वृद्धालाई आइशोलेसनमा राखिएको छ ।

गलकोट नगरपालिका वडा नम्बर ६ की ६५ वर्षीया वृद्धलाई रुघा, खोकी र ज्वरो आएको हुँदा उनलाई आइशोलेसनमा राखिएको धौलागिरी अञ्चल अस्पतालका सुचना अधिकारी तिर्थराज गौतमले जानकारी दिए ।

वृद्धालाई ज्वरो र खोकी देखिएपछि उनको स्वाब संकलन गरी पोखरा पठाइएको हो । उनको रिपोर्ट आज शुक्रबार आउनेछ ।

उनी ज्वरो आउने र रुघा खोकी लागेपछि बैशाख ३० गते गलकोट हटियामा रहेको आरोग्य हस्पिटलमा उपचारको लागि भर्ना भएकी थिइन् । समान्य उपचारपछि ज्वरो केही कम भएपछि उनलाई बैशाख ३१ गते डिस्चार्ज गरिएको

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *