सवारी दुरुपयोग गर्नेलाई कारवाही स्वरुप अलपत्र मजदुरको उद्धारमा

साधना पन्त, बागलुङ

अत्यावश्यक बस्तु बोक्ने नाममा यात्रु बोकेको भन्दै जिल्ला प्रहरी कार्यलय बागलुङले पाँच वटा सवारी साधन नियन्त्रण लिएको छ ।

दुध, खाद्यान्न लेखिएको सवारी साधनमा मानिसको ओसार पोसार गरिएको पाइए पछि प्रहरीले सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी प्रमुख शारदा प्रसाद चौधरीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएका सवारी साधनलाई कारवाही स्वरुप अलपत्र परेका मजदुरलाई गन्तव्यमा पु¥याउनुका साथै जरीवाना समेत गराइएको उहाँले जानकारी दिनुभयो । ‘लकडाउनको अवधिमा सवारी पासको दुरुपयोग गरेका एक सवारीलाई जाजरकोटका अलपत्र मजदुरलाई छोड्न निसी पठायौ,’ एसपी चौधरीले भन्नुभयो,‘अरु सवारीलाई पनि यस्तै सजाय र २ हजार रुपैयाँ सम्म जरिवाना गराइरहेका छौ ।’

नेपालमा मात्र उत्पादन भएका तरकारी,फलफुल, चामल, दाल, दुध जस्ता अति अत्यावश्यकीय सामाग्री बागलुङमा प्रवेश गर्न दिएको र नेपालमै उत्पादन भए पनि बिस्कुट, चाउचाउ, मादक पदार्थ जस्ता बस्तुलाई जिल्लामा प्रवेश निषेध गरिएको प्रहरी प्रमुख चौधरीले बताउनु भयो ।

खाद्यान्न ,दुध ,औषधी र पानी बोक्ने सवारी साधनलाई प्रशासनबाट पासको व्यवस्था नगरिएको र यसको दुरुपयोग नहुने गरी सम्बन्धित स्थानीय तहले अनुमती दिनुपर्ने प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले बताउनु भयो । उहाँले यो सार्वजनिक सरोकारको विषय भएकाले सवारी साधनहरुले नियमको उल्लघन गर्दै मानिसको ओसार पोसार गरेको पाएमा प्रशासनलाई जानकारी गराइदिन सवैमा अनुरोध समेत गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *