अब बागलुङका सहकारी पनि सातामा दुई दिन खुल्ने

आदर्श अनलाइन, बागलुङ

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि बागलुङका वित्तिय संस्थाहरु संचालनको लागि समय तालिका निर्धारण गरिएको छ ।

जिल्ला सहकारी संघ बागलुङले बजार क्षेत्रमा रहेका सहकारीहरुलाई हप्तामा २ दिन संचालन गर्नको लागि समय तालिका तोकेको हो ।

शनिबार बसेको संघको बैठकले ६९ ओटा सहकारीहरुलाई हप्तामा २ दिन संचालन गर्न र सहकारी बैंक सहित ९ ओटा सहकारी संघहरुले दैनिक सेवा प्रवाह गर्न निर्देशन जारी गरेको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले जानकारी दिनुभयो ।

आईतबार र बुधबार २२ ओटा, सोमबार र बिहिबार २१ ओटा र मंगलबार र शुक्रबार खोल्ने निर्णय गरेको उहाँको भनाई छ ।

अध्यक्ष गौतमले राष्ट्रिय सहकारी बैंक, जिल्ला सहकारी संघ लि. जिल्ला बचत तथा ऋण सहकारी संघ, जिल्ला दुग्ध उत्पादक सहकारी संघ, जिल्ला सूचना तथा सञ्चार सहकारी संघ, जिल्ला बहुउद्देश्यीय सहकारी संघ, जिल्ला फलफुल तथा तरकारी उत्पादक सहकारी संघ, जिल्ला स्वास्थय सहकारी संघ र जिल्ला कृषि सहकारी संघ लिमिटेड हप्ताको ६ दिननै खुल्ने बताउनुभयो । उहाँले सहकारी संस्थाहरुको समन्वयको लागि बैंक र संघलाई हप्ताभर नै खुलाउने निर्णय गरिएको जानकारी दिनुभयो ।

सहकारी संस्थाहरु १० देखि १ बजेसम्म सेवा प्रवाह गर्ने छन भने संघले १० बजेदेखि ४ बजेसम्म नै सेवा प्रवाह गर्ने उहाँले बताउनुभयो । सबै सहकारीहरु एकसाथ खुल्दा भीडभाड हुने र कोरोना संक्रमणको जोखिम बढ्ने देखिएकाले आलोपालो गरेर सहकारीहरु खोल्ने निर्णय गरिएको संघले जनाएको छ ।
हेर्नुहोस् तालिका कुन सहकारी कुन दिन खुल्छ-

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *