लकडाउनमै मुस्ताङमा मेला, तर सामाजिक दूरी कायम

फाइल तस्बिरः अहिलेको पर्व सोमवारदेखि शुरु हुँदैछ ।

एसके थकाली, मुस्ताङ

वर्षेनी मनाइने उपल्लो मुस्ताङको ऐतिहासिक तथा धार्मिक महत्वको परम्परागत तिजी मेला लकडाउनका बावजुद सोमबारदेखि सुरु हुने भएको छ ।

मेला तथा धार्मिक पूजापाठको तित्य कर्मका लागि जिल्लाभित्र भएका लामाहरुको जम्बो टोली लोमान्थाङमा जुट्न थालेका छन् । उपल्लो मुस्ताङको ऐतिहासिक तथा धार्मिक चिनारीको रुपमा स्थापित परम्परागत तिजी पर्व लोछोदिन समुदायकै साँस्कृतिक साझा पर्व मानिन्छ ।

तिजी पर्व तिब्बतीयन पात्रो अनुसार जेठ महिनामा सुरु हुन्छ । तिजी पर्व सञ्चालनको तिथि लामाहरुले नै तिब्बतीयन पात्रो हेरेर तय गर्छन् । पौराणिक धार्मिक ग्रन्थ अनुसार लामा दोर्जे सुनुको पुनर्जन्म आधारित तिजी मेलामा देखाइन सबै धार्मिक काय असत्यमाथि सत्यको वीजय प्रतिकको रुपमा मनाइने गरिन्छ ।

तिजी पर्व सदियौँदेखि मुस्ताङी राजखलकका बिष्ट समुदाय र उपल्लो मुस्ताङको साविक ६ गाविसका समुदाय मानिसले संयुक्त रुपमा मनाउने चलन छ । तिजी पर्व लोमान्थाङबासीले लगातार ४ दिन सम्म मनाउँछन् । अघिल्लो दिन लामाहरुबाट धार्मिक अनुष्ठानसहित पुजापाठ गरिन्छ भने त्यसपछिको तीन दिन लामाहरुबाट लामा दोर्जे सुनुको जीवनकथामा आधारित पूजापाठ तथा विभिन्न माक्स नृत्य देखाइन्छ ।

पूजामा करिव १ सय भन्दा बढी लामाहरुको उपस्थिति हुने गर्दछ । मेला लोमान्थाङको ऐतिहासिक राजाको दरबारमा सञ्चालन हुन्छ । नेपाल सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि देशव्यापी लकडाउन घोषणा गरेको दुई महिना भइसकेको छ । लकडाउनको अवधिभर २५ जना भन्दा धेरै एकै ठाउँमा भेला हुन नपाइने मापदण्ड तय गरिएको छ । तर मेलामा सहभागीहरुले लकडाउनको मापदण्ड अनुरुप सामाजिक दूरी कायम गरेरै बस्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *