आफ्नै नागरिक उद्दारमा निरीह बन्यो जैमिनी नगर

–आदर्श अनलाइन,बागलुङ

कोरोना संकटको तिव्र सकसका बीच जिल्लाको जैमिनी नगरपालिका आफ्ना अलपत्र नागरिकको उद्दारमा निरिह देखिएको छ ।

भारतबाट सीमा नाका हुँदै नेपाल भित्रिएर अलपत्र परेका बागलुङ जिल्लाका नागरिकलाई जिल्ला सदरमुकामसँग जिल्ला कमाण्ड पोस्ट र प्रहरीको बिशेष पहल र समन्वयमा ल्याइए पनि यहाँबाट नगरपालिका सम्म लैजान समेत आनाकानी गरेको पाइएको छ ।

कपिलबस्तु र भैरहवामा अलपत्र परेका जिल्लाका ३९ जना नागरिक मध्ये बिहिवार ४ जना आएका थिए । तर, जिल्लाका बिभिन्न स्थानीय तहका जनप्रतिनिधिले आफ्ना नागरिकलाई गाडी व्यवस्था गरेर सम्बन्धित स्थानमा लगे पनि जैमिनी नगरले आफ्नो उद्धार गर्ने नीति नभएको भन्दै पन्छिए पछि राति १० बजेपछि ट्याक्टरमा पठाइएको थियो । सम्बन्धित स्थानीय तहहरुले खर्च बेहोर्ने गरी सीमा क्षेत्रमा अलपत्र नागरिक ल्याउन गाडी पठाइए पनि त्यसमा बजेट नभएको जवाफ दिने गरेको छ । बागलुङ बजारबाट जैमिनी नगरपालिकाको वडा नम्बर ३ दमेकमा छोड्न गएका ट्याक्टर चालकले ८ हजार भाडा दिने बताए पनि उक्त भाडा समेत नदिएको बताए ।

तराइबाट शुक्रबार उद्धार गरेर जिल्ला ल्याउने भनिएका जैमिनी नगरपालिका दुई जनालाई जैमिनी नगरपालिकाले गैरजिम्मेवार जवाफ दिए पछि तनहुँको डुम्रेमै अलपत्र अवस्थामा छन् । ‘मेयर साबलाई आउदैछम् के व्यवस्था छ नगरपालिकाको भनेर फोन गर्दा प्रहरीको संयोजनमा आएको भए प्रहरीले ल्याउला भन्ने जवाफ आएको भारतबाट बागलुङको जैमिनी नगरपालिका–९ का चन्द्रबहादुर घर्तीले जानकारी दिनुभयो । भारतको उत्तराखण्डबाट चारदिन पहिला महेन्द्रनगर आएको बताउदै घर्तीले स्थानीय तहलेनै परिक्षण गर्ने भन्दै घर पठाएको घर्तीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालयले उद्दार भएर आउने स्थानीय तहका नागरिकको विषयमा दुई दिन अगावै जानकारी गराए पनि जैमिनी नगरपालिकाले बेवास्ता गर्दै आएको प्रहरीको पनि गुनासो छ । आफ्ना नागरिहरुको उद्दार गर्ने इच्छा भएपनि स्रोत र साधनका अभावमा उद्दार गर्न नसकिएको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले जानकारी दिनुभयो । “हामीले एकमुष्ठ रुपमा सिमानामा गएर जैमिनीका मात्रै बसमा राखेर ल्याउन खोजेका थियौ, त्यो नै प्रभावकारी हुन्थ्यो” उहाँले भन्नुभयो ‘बिहीबार र शुक्रबार आएका जैमिनी नगरका नागरिकहरु कसको संयोजनमा आए नगरलाई थाह छैन, प्रहरीले लिएको हो भने उसले नै यहाँ सम्म पठाइदिनु पर्छ ।” एक्कासी शुक्रबार उद्दारका लागि गाडी पठाउन पठाउन फोन गएका कारण उद्दारमा समस्या भएको उहाँको भनाई छ ।

जैमिनीमा तीन हजार व्यक्ति आउन सक्ने आँकलन गरिएको भन्दै जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेलले पनि सिमित स्रोत साधनका कारण समस्या भएको गुनासो गर्नुभयो । उनले भाँडा तिर्न सक्ने आफै आउनु पर्ने र भाडाँ तिर्न नसक्नेको भने भाडाँ व्यवस्थापन गरिदिने बताउनुभयो ।

ट्क्याक्टर मार्फत जैमिनी नगरपालिका पठाएकाहरु वडा नम्बर तीनको क्वारेन्टिनमा छन् । नगरपालिकाले ८१ वेडको क्वारेन्टिन निर्माणको चरणमा रहेको जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *