काठेखोला-७ रेश (साविक ९)मा क्वारेन्टिन सहित १ लाखको कोष

काठेखोला ७ रेश (साविक ९)मा क्वारेन्टिन निर्माण गरिने कृष्ण प्राविको भवनमा तयारी गर्दै स्थानीय

आदर्श अनलाइन, काठेखोला

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशको साविक वडा नम्बर ९ मा कोरोना रोकथाम, नियन्त्रण तथा राहतका लागि १ लाख रुपैयाँको कोष निर्माण गरिएको छ ।

काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका वडा सदस्य कृष्णबहादुर थापाको संयोजकत्वमा बसेको स्थानीय सामाजिक अगुवा सहितको बैठकले साविक ९ नम्बर वडामा एक लाखको कोष स्थापना गर्ने निर्णय गरेको हो । यसका लागि स्वतस्फुर्त रुपमा सहयोगको समेत घोषणा गरिएको छ । अभियानको पहिलो दिनमै ३० हजार रुपैयाँ संकलन भएको संयोजक कृष्णबहादुर थापाले जानकारी दिनुभयो । कोषमा एक लाख पु¥याउने गरी गाउँ टोल सहित देश बिदेशमा समेत रहेका स्थानीयलाई जोडिने थापाको भनाई छ ।

बैठकले रेशको साविक ९ नम्बर वडाको कृष्ण प्राथमिक बिद्यालयमा १० बेडको क्वारेन्टिन समेत निर्माण गर्ने निर्णय गरेको छ । क्वारेन्टिन निर्माण र व्यवस्थापनका लागि खड्कबहादुर कार्की संयोजक, मुरारीप्रसाद गौतम सह–संयोजक, रनबहादुर जिसी सचिव र दलबहादुर थापा क्षत्री कोषाध्यक्ष रहेको समिति गठन गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *