धौलागिरी अस्पतालले भन्यो-डेढ करोड खर्च होइन,जोखिम भत्ता

आदर्श अनलाइन, बागलुङ

धौलागिरी अस्पताल बागलुङले कोरोना भाइरस (कोभिड १९)को दुई जना संक्रमितको उपचारका लागि १ करोड ५३ लाख खर्च नभई असार मसान्त सम्मको प्रोत्साहन भत्ताका लागि प्रदेश मन्त्रालयमा प्रस्ताव मात्र गरिएको जनाएको छ ।

अस्पतालमा पत्रकार सञ्चारकर्मीसँगको कुराकानीमा निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले सरकारले व्यवस्था गरेको जोखिम भत्ताका लागि नियमानुसार प्रस्ताव गरी पठाइएको जानकारी दिए । ‘केन्द्र र प्रदेश सरकारले कोरोना जोखिममा अग्रभागमा खट्ने चिकित्सक स्वास्थ्यकर्मी र अन्य कर्मचारीका लागि बिशेष प्रोत्साहन भत्ताको व्यवस्था गरेकाले पठाउन निर्देशन थियो,’ डा.पोखरेलले भने, ‘हामीले निर्देशिकामा व्यवस्था भए अनुसार १ सय ६९ जनाका लागि चैत्र ९ देखि असार मसान्त सम्मको शत प्रतिशत, ७५ प्रतिशत र ५० प्रतिशत जोखिम भत्ता दिन १ करोड ५३ लाख प्रस्ताव गरिएको १८ हजार १ सय ५८ रुपैयाँ प्रस्ताव गरिएको हो ।’ दुई संक्रमितको उपचारमा कति खर्च भयो त भन्ने पत्रकारको प्रश्नमा ठुलो खर्च नभएको र पुरा हिसाव निकाल्न बाँकी रहेको लेखा शाखाले जनाएको छ ।

डा.पोखरेलका अनुसार, १ सय ६९ जना स्वास्थ्यकर्मी र कर्मचारी मध्ये १ सय १३ जनालाई शत प्रतिशत जोखिम भत्ताको व्यवस्था गरिएको छ । त्यस बाहेक २५ जनालाई ७५ प्रतिशत र ३१ जनालाई ५० प्रतिशत भत्ता सिफारिस गरिएको छ । ‘यो त निर्देशिका अनुसार यहाँबाट प्रस्ताव तयार गरेर पठाएको मात्र हो,’ अस्पतालका प्रशासन अधिकृत लालप्रसाद लामिछानेले भन्नुभयो, ‘निर्देशिकामा चैत्र ९ देखि असार सम्मको प्रस्तावित जोखिम भत्ता हो, तर उपचार खर्च भन्ने तर्फ बुझाई गएको देखिन्छ, त्यसो होइन ।’ चैत्र ९ देखि लागु भएको निर्देशिकामा पछिल्लो चार महिनाको जोखिम भत्ता दिने या कोरोना संक्रमितको उपचार अवधिको मात्र भन्नेमा चिकित्सक, कर्मचारी स्वयम्अन्यौलमा छन् । अर्को तर्फ ओपिडी लगायतका सेवा बन्द भएको र गम्भीर अवस्थामा बाहेक अस्पताल नआउनु भनेर सूचना सम्प्रेषण गरेको अवस्थामा पनि जोखिम भत्ता पाउने स्वास्थ्यकर्मीको संख्या अधिक देखिदाँ केहि प्रश्न उठेको छ । अब सञ्चार माध्यममै यो बिषय उठे पछि प्रदेश मन्त्रालयले गर्ने निर्णयनै अन्तिम हुने अस्पतालको भनाई छ ।

धौलागिरी अस्पतालका अध्यक्ष केवी राना मगरले स्वास्थ्यकर्मी जोखिमका बीच खटिरहेकाले नियमानुसार पाउने व्यवस्थालाई कसैले रोक्न नहुने बताउनुभयो । ‘यो जोखिममा अहोरात्र खटिरहेका छन्, उनीहरुलाई राज्यले जोखिम भत्ता व्यवस्थापन गर्नु राम्रो कुरा हो,’ रानाले भन्नुभयो,‘भत्ता सिफारिसमा गलत भए जस्तो लाग्दैन, भएमा हामी रोक्छौ । यो बेलामा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने कुरामा ध्यान दिऊ, हामी समितिको तर्फबाट यसमा समन्वयकारी भुमिका खेलिरहेका छौ ।’

यो पनि पढ्नुहोस्

धौलागिरी अस्पतालले भन्यो-डेढ करोड खर्च होइन,जोखिम भत्ता

  1. Even if rs 1.5 crore is spent, so what? The health workers imposed their lives into risk, they did their best, large number of pt. Did not come doesn’t mean they didn’t work. It’s not like taking salary just by sleeping in the Parliament. If any one gets pain in his abdomen break your head and die.

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *