भरियो धौलागिरी अस्पताल, थप संक्रमितलाई कहाँ राख्ने ?

सुवास गौतम,बागलुङ

धौलागिरी अस्पतालमा कोरोना संक्रमितको उपचार गर्नका लागि २४ बेड क्षमताको आइसोलेसन कक्ष छ । यस आइसोलेसनमा हाल १७ संक्रमित र सम्वेदनशिल अवस्थाका दुई युवा गरी १९ जना उपचाररत छन् ।

बागलुङमा आइतबारमात्रै १० जना कोरोना संक्रमित थपिए संगै बागलुङमा संक्रमितको संख्या २९ पुगेको छ । जसमध्ये शुरुवाति समयका दुई जना निको भइसकेका छन् । आइतबार बडिगाड गाउँपालिकामा ९ र ढोरपाटन नगरपालिकामा एक गरी १० जनामा कोरोना पुष्टी भएसंगै बागलुङमा उनीहरुलाई कहा राख्ने टुङ्गो छैन । कोरोना रोकथाम तथा नियन्त्रणका लागि बागलुङमा बनेको कमाण्ड पोष्टले यथेष्ट रुपमा पूर्व तयारी गर्न नसक्दा अन्यौलता देखिएको छ ।

धौलागिरी अस्पतालले दुई दिन अघि मात्रै १२ बेडको आइसोलेसन विस्तार गरी २४ पु¥याएको थियो । २४ वेडको आइसोलेसन पु¥याउदा प्रसुती गृहलाईनै स्तान्तरण गर्नुपर्ने अवस्था आइसकेका कारण थप आइसोलेसन बनाउन नसक्ने अवस्थामा अस्पताल आएको छ ।

राज्यले अन्य उपचार नगरी कोभिड मात्रै उपचार गर भनेमा केही आइसोलेसन थप गर्न सकिने धौलागिरी अस्पतालका सूचना अधिकारी तीर्थराज गौतम बताउनुहुन्छ । “२४ वेडमै संक्रमित राख्दा जटिल प्रकारका संक्रमितलाई राख्ने स्थान हुँदैन” गौतमले भन्नुभयो “संक्रमित थपिदै जादा आइसोलेसनको विकल्प खोजिएको भएपनि सरोकारवालाले ध्यान नदिदा अन्य स्थानमा आइसोलेसन निर्माणमा ढिलाई भएको छ ।

बागलुङ जिल्लाका सबै स्थानीय तहको केन्द्र हुने गरी बागलुङका चार स्थानमा ८६ वेड क्षमताको आइसोलेसन निर्माण गर्ने निर्णय भएपनि हाल सम्म कार्यान्वयन हुन सकेको छैन ।

कोरोनाका संक्रमण बढ्दै जादा कोरोनाका विरामीको उपचार गराईराखेको धौलागिरी अस्पताल भरिने अवस्था आउन थालेपछि स्थानीय तहमै आइसोलेसन निर्माण गरी कोरोना रोकथामका लागि गठित जिल्ला कमाण्ड पोष्ट बागलुङले बिहिबार निर्णय गरे पनि हाल सम्म आइसोलेसन बन्न नसक्दा सक्रमितलाई कहा राख्ने भन्ने विषयमा समस्या आएको हो ।

बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ, नरेठाँटी उप–स्वास्थ्य चौकी गलकोट, धौलागिरी बहुमुखी क्याम्पस बागलुङ र कुश्मीशेरा प्राथमिक स्वास्थ्य केन्द्र जैमिनीमा गरी ८६ बेडको आइसोलेसन कक्ष निर्माण गर्ने भएको तीन दिन वित्दा समेत आइसोलेसन निर्माण नहुँदा संक्रमितलाई कहाँ राख्ने भन्ने अन्योलता देखिएको हो । बिहीबार ८६ वेडको आइसोलेसन बनाउने र जटिल अवस्थाका संक्रमितलाई मात्रै धौलागिरी अस्पताल लैजाने निर्णय भएको थियो । तर, स्थानीय तहमा अहिलेनै तयारी भइनसकेको स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मी गुनासो गर्छन् ।

आइसोलेसन क्वारेन्टिन जस्तो नहुँने भएकाले पूर्वाधार तथा उपकरण जडान गर्नुपर्ने आवश्यक हुने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिनुभयो । “कहाँ राख्ने भन्ने टुङ्गो छैन” गुरौले भन्नुभयो “धौलागिरी बहुमुखी क्याम्पसमा राख्ने गरी अगाडि बढ्ने भन्ने छलफल भइरहेको छ ।” आइतबार देखिएका संक्रमितलाई धौलागिरी बहुमुखी क्याम्पसमा राखिने गरी आवश्यक तयारी थालिएको कमाण्ड पोष्टका संयोजक प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिनुभयो । प्रत्येक स्थानीय तहले आइसोलेसन निर्माण गर्न आवश्यक रहेको बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *