म्याग्दीमा पहिरोले पुरिएर दुई जनाको मृत्यु

आदर्श अनलाइन, म्याग्दी

जिल्लाको रघुगंगा गाउँपालिका–६ पाखापानीको रायखोरमा गए राति पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।

गोठ माथिबाट आएको पहिरोले पुरिएर रायखोरकी ५० वर्षीया हमाया शेरपुञ्जा र उनकी ४ वर्षीया नातिनी सिम्रन छन्त्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माले जानकारी दिए।

राति ११ बजेतिर उनीहरु सुतिरहेको गोठ लेदोसहितको पहिरोले पुरिएको थियो। पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ढकबहादुर हमालको नेतृत्वमा गएको प्रहरी र स्थानीयबासीले हमाया र सिम्रनलाई मृत फेला पारेका थिए।

घटनास्थलमा रहेका हमालका अनुसार मामाघर आएकी सिम्रन हजुरआमा हमायासँग गोठमा गएकी थिइन्। पहिरोले पुरिएर ढुङ्गा, माटोले बनेको जस्ताको छानो भएको कच्ची गोठमा रहेका अन्नपात, भाडावर्तन लगायत सबै नष्ट भएको छ।

पशु चौपायको भने क्षति भएको छैन्। थप उद्दार र अनुसन्धानका लागि बुधबार बिहान प्रहरी निरीक्षक शर्माको नेतृत्वको टोली घटनास्थल गएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *