५ थान भरुवा बन्दुक सहित ६ जना पक्राउ

साधना पन्त, बागलुङ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले ५ थान भरुवा बन्दुक सहित ६ जनालाई पक्राउ गरेको छ ।

अवैद्य हातहरियार लुकाई राखेको सूचनाको आधारमा जेठ २७ गते खानतलासी गर्दा प्रहरीले ताराखोला गाउँपालिका १ दरौंदीका ४९ वर्षीय चित्रराज कंडेल, ३६ वर्षीय थम बहादुर घर्ती, ३७ वर्षीय होम बहादुर रोका, २९ वर्षीय खिमानन्द कंडेलको साथबाट ४ थान भरुवा बन्दुक फेला पारेको थियो ।

तेसैगरी ४२ वर्षीय टंक बहादुर रोकाको साथबाट १ थान बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी हेम बहादुर केसीले जानकारी दिनुभयो । सोही ठाउँका बम बहादुर घर्तीले आफ्नो बन्दुक टंक बहादुरलाई लुकाइ राख्नको लागि दिएको सूचनाको आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । ।

प्रहरीले स्थानियको रोहबरमा उनिहरुको घर खानतलासी गरेको थियो । प्रहरीले पक्राउ परेका ६ जना विरुद्ध हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको केसीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *