गण्डकीमा काेराेना संक्रिमतकाे संख्या १ सय ९९ पुग्याे

पोखरा  
गण्डकी प्रदेशका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) का २  पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण देखिनेहरुमा  देबचुली  नगरपालिकाको क्वारेन्टिनमा रहेका २३ र ३२  वर्षीय २  जना पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार संक्रमितलाइ रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारि गरिएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९९ पुगेको छ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ३७ जना पुरुष तथा ३ महिला , स्याङ्जाका ५९ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ४३ जना पुरुष तथा २ महिला, लमजुङका १ जना, म्याग्दीका ३ जना पुरुष र तनहुँका ४ जना पुरुष, पर्वतका ६ बर्षीय बालकसहित २६ जना पुरुष, गोरखाका १४ जना पुरुष र १ महिला तथा कास्कीका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।

संक्रमित मध्ये १६ जना निको भइ घर फर्किसकेका छन् ।  गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *