क्वारेन्टिनमा राख्न बागलुङ ल्याइदै गरेका युवा भीरबाट हाम फाले

आदर्श अनलाइन,बागलुङ

क्वारेन्टिनमा राख्नका लागि बसमा उद्धार गरी बागलुङ ल्याइदै गरेका एक युवाले भीरबाट हाम फालेका छन् ।

पोखरा बागलुङ राजमार्गको पर्वत कुस्मा नगरपालिका ८ को चुवाको भीरमा बस फसेको अवस्थामा बागलुङ नगरपालिका १३ का ३९ बर्षिय चन्द्रबहादुर नेपालीले सोमबार बिहान भीरबाट हाम फालेका हुन् ।

सुनौलीबाट उद्दार गरि बागलुङ तर्फ ल्याउने क्रममा पहिरोले बस रोकिएको र त्यही मौका पारेर भीरबाट हाम फालेका नेपाली गम्भीर घाइते भएका छन् । घाइते नेपालीको पर्वत अस्पतालमा उपचार भइरहेको छ । स्थिति गम्भीर भएका कारण थप उपचारका लागि पोखरा पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले जानकारी दिए । ‘बस रोकेको अवस्थामा भएकाले झुक्किएर लडेको हो कि भनेर बुझ्यौ,’ डिएसपी अधिकारीले भने,‘ तर प्रत्यक्षदर्शीका अनुसार त्यस्तो पाइएन, उनी गाडी भन्दा केहि पछाडी गएर हाम फालेको पाइयो, यसबारे परिवारलाई पनि खबर गरिसकिएकाले थप अनुसन्धान गर्नेछौ ।

लु २ ख ४२२० नम्बरको बसमा पर्वत, बागलुङ र म्याग्दीका भारतबाट आएका नागरिक सवार थिए । भीरबाट हाम फालेका नेपाली सहित ८ जनालाई बागलुङ नगरपालिकाको वडा नम्बर १२ र १३ को क्वारेन्टिनमा राख्ने तयारी रहेको नगर स्वास्थ्य शाखाका दिनेश जिसीले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *