गण्डकी प्रदेश सरकारको कुल बजेट ३४ अर्ब ८४ करोड

आदर्श अनलाइन,बागलुङ

गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०७७/७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

अर्थमन्त्री किरण गुरुङले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै सो जानकारी गराएका हुन् । सो बजेट मध्ये चालु खर्च तर्फ १४ अर्ब ८४ करोड २६ लाख ८४ हजार विनियोजन भएको छ ।

पुँजीगत खर्चतर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार विनियोजन गरिएको अर्थमन्त्री गुरुङले जानकारी दिए । वित्तीय सुधारका लागि ५० करोड विनियोजन गरेको बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *