टिपरमा मर्मत गर्न लैजाँदै गरेको जेनेरेटरमा अचानक आगलागी

–आदर्श अनलाइन, बागलुङ

बागलुङबाट मर्मतका लागि काठमाडौं लैजाँदै गरेको जेनेरेटरमा बुधबार साँझ अचानक आगलागी भएको छ।

बागलुङको बलेवा पाक्जा खण्डको कर्ण बिल्र्डसले जिम्मा लिएको निर्माणाधिन सडकको प्रयोजनका लागि लगिएको जेनेरेटर बिग्रिएपछि मर्मतका लागि काठमाडौं लैजाने क्रममा बागलुङ पर्वतको सिमाना मालढुंगामा अचानक आगलागी भएको थियो।

ट्रिपरमा माथि राखेर लैजाने क्रममा अचानक आगलागी भएपछि ट्रिपर चालकले हतार हतार पर्वत जिल्लाको सहस्रधारामा पुर्‍याए। त्यसपछि तत्काल दुवै जिल्लाको दमकल बोलाइएको थियो।

बिग्रिएको जेनेरेटर मर्मतका लागि लगिँदै भए पनि बाटोमै एक्कासी आगो लागेपछि दमकलको सहायताले नियन्त्रणमा लिइएको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिए। समयमै आगलागी भएको थाहा पाएको र दमकल पुगेकाले ठूलो क्षति भने हुन नपाएको उनले बताए। 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *