धौलागिरी अस्पतालबाट बडिगाडका चार संक्रमित डिस्चार्ज

आदर्श अनलाइन,बागलुङ

धौलागिरी अस्पतालको आइसोलेसनबाट चार जना बिहिवार डिस्चार्ज भएका छन् ।

अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका बडिगाड गाउँपालिकाका २०, २५, २१ र १६ वर्षका चार जना पुरुष आज डिस्चार्ज भएको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिए ।

उनीहरु सबै भारतबाट आएका थिए । बडिगाडको क्वारेन्टिनमा बसेका उनीहरुलाई गत जेठ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तय गरेको नयाँ मापदण्ड अनुसार कुनै लक्षण नदेखिएकाले १४ दिनपछि डिस्चार्ज गरिएको सूचना अधिकारी गौतमले आदर्श अनलाइलनलाई बताए । यससँगै बागलुङमा उपचारपछि घर फर्किनेहरुको संख्या १२ पुगेको छ । तर, गलकोटका तीन जनालाई भने गलकोट नगरपालिकाले आवश्यक व्यवस्था पछि मात्रै लैजाने जवाफ दिए पछि अस्पतालकै आइसोलेसनमा छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *