पर्वत अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, पर्वत

जिल्ला अस्पताल पर्वतका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

पर्वत जिल्ला अस्पतालका प्रमुख डा.शिशिर देवकोटाले अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरानो पोजेटिभ पुष्टि भएको जानकारी दिए ।

काठमाण्डौको टेकु स्थित प्रयोशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको डा. देवकोटाले जानकारी दिए । योसंगै पर्वत जिल्ला अस्पतालको ओपिड सेवा बन्द गरिएको छ ।इमेरजेन्सी सेवा भने सञ्चालन हुने अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *