बागलुङ बजारमा खानेपानी अवरुद्ध, मर्मतमा अझै केहि दिन लाग्ने

आदर्श अनलाइन, बागलुङ

बागलुङ बजारमा पिउनेको लागि ल्याइएको पानीको पाइप पहिरोले बिभिन्न स्थानमा बगाएको छ ।

अविरल बर्षाको कारण आएको पहिरोले भुदी खोला मुहान, दोविल्ला र रेशमा पाइप बगाउदा बजारमा पिउने पानी आपुर्ति हुन सकेको छैन । पहिरोले भुदी खोला मुहानमा ५ वटा, रेश जिरेदीमा ९ वटा र दोविल्लामा ३ वटा जडान गरिएका पाइप बगाए पनि बजार क्षेत्र भित्र दुई दिन देखि पानी आउन सकेको छैन ।

पटक–पटक आएको पहिरोले सदरमुकाममा ल्याएको पानीको पाइप बिभिन्न स्थानमा बगाउदा पिउने पानी उपलब्ध गराउन नसकिएको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताए । मर्मतका लागि कर्मचारीहरु आइतवार देखि खटिए पनि अविरल बर्षाको कारण काम गर्न कठिनाई भईरहेको शर्माले बताए । ’अवरुद्ध भएको खानेपानी सूचारु गर्न काममा प्राविधिक खटिनुभएको छ,’ शर्माले आदर्श अनलाइनसँग भने, ‘छुट्टाछुटै स्थानमा गएको पहिरोले पाइप बगाउदा थप समस्या भएको छ ।’ निरन्तर बर्षा भइरहे पनि मर्मतको कार्य जारी राखिएको र बजार क्षेत्र भित्र सहज रुपमा पिउने पानी आउन अझ केही दिन लाग्ने उनले बताए ।
पहिरोले रेशको जिरेतीमा सडक समेत बगाउदा मर्मत गर्ने स्थानमा पुग्ने समेत कठिनाई उत्पन्न भएको छ । पाइप बगाएपछि बागलुङ बजारमा पानीको समस्या भएको छ ।

बागलुङ बजार क्षेत्र भित्र रिठेखोला मुहान,रेश खोला मुहान र भुदी खोला मुहानबाट पिउनको लागि पानी ल्याइएको छ । अहिले रिठेखोलाबाट ३.५ लिटर प्रति सेकेन्ड,रेशबाट १७ लिटर प्रति सेकेन्ड र भुदीबाट २० लिटर प्रति सेकेन्ड पानी दैनिक आउने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *