अब धौलागिरी अस्पतालमै कोरोना परीक्षण

–आदर्श अनलाईन, बागलुङ

धौलागिरी अस्पताल बागलुङमा पीसीआर परीक्षण ल्याब स्थापना हुने भएको छ ।

गण्डकी प्रदेशको पोखरामा मात्र कोरोना परिक्षण हुदै आएकोमा अबदेखि बागलुङमा समेत कोरोना परीक्षण हुने भएको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार थप १० अस्पताललाई कोरोना भाइरस (कोभिड–१९)को पीसीआर नमूना परीक्षणको अनुमति दिएसंगै धौलागिरी अस्पतालमै ल्याव स्थापना गरी कोरोना परीक्षण हुने धौलागिरी अस्पताल बागलुङका सूचना अधिकारी तीर्थराज गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयले शुक्रबार धौलागिरी अस्पताल सहित नेपालका १० अस्पताललाई आरटी पीसीआर स्वाब परीक्षणको अनुमति दिइएको धौलागिरी अस्पताल बागलुङले जनाएको छ ।

मन्त्रालयले अस्पतालमा पठाएको पत्रअनुसार धौलागिरी अस्पताल बागलुङ संगै मेची अस्पताल, डडेलधुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा प्रयोगशाला सञ्चालन गर्ने निर्णय भएको हो ।

पीसीआर परिक्षण प्रयोगशाला स्थापना गर्नका लागि कम्तिमा तीन वटा सुविधा सम्पन्न कक्ष र छ जना ल्याव टेक्निसियन आवश्यक पर्ने धौलागिरी अस्पतालका सूचना अधिकारी गौतमले जानकारी दिनुभयो । पीसीआर मेशिन संगै दक्ष जनशक्ति व्यवस्थापन भएमा एक हप्ता भीत्रै ल्याव सञ्चानमा आउनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *