मुस्ताङका ८३ बर्षीय बृद्धाले पनि जिते कोरोना

एसके थकाली, जोमसोम

हिमाल पारिको जिल्ला मुस्ताङका ८३ बर्षीय बृद्धाले कोरोना जितेर घर फर्किएका छन् ।

गत असार ६ गते कोरोना पुष्टि भएका ८३ वर्षे पुरुष निको भएर घर फर्केसँगै मुस्ताङ जिल्ला फेरी कोरोना संक्रमित मुक्त भएको हो ।

जेठ ३१ गते काठमाण्डौ‌को बौद्धबाट २० जनाको समूहमा आएका ती वृद्धमा आरडिटी पोजेटिभ आएपछि स्वाब परीक्षण गर्दा पनि पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको थियो ।

उनी घरपझोङ १ छैरो स्थित तिब्बती शरणार्थी क्याम्पका बासिन्दा रहेको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । संक्रमण पुष्टि भएपछि ती वृद्धलाई जोमसोम स्थित आइसोलेसन कक्षमा राखिएको थियो । उनको सुसारका लागि ज्वाइँ पनि सँगै बसेका थिए । सँगै बसेको ज्वाइँमा भने कोरोना देखिएन ।

उनीसँगै आएका गाडी चालक सहित २३ जनामा पनि कोरोना नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *