अमेरिकामा मुत्यु भएका बागलुङका युवतिको परिवारलाई १० लाख सहयोग

आदर्श अनलाइन, बागलुङ

अमेरिकामा ज्यान गुमाएकी जिल्लाको जैमिनी नगरपालिका १ कुश्मिशेराकी तुलसी थापाको परिवारलाई राहत स्वरुप १० लाख बढि रकम प्रदान गरिएको छ ।

रोजगारीको शिलशिलामा अमेरिका गएको १४ महिना नपुग्दै हृदयघात भई थापा मगरको अमेरिकाको टेक्सासमा मृत्यु भएको थियो ।

मगर संघ टेक्सास कमिटीकी सदस्य रहनुभएकी थापाको पारिवारिक अवस्था कमजोर रहेकाले अमेरिकामा रहेको मगर संघ अमेरिकाले राहत संकलन अभियान सञ्चालन गरेको थियो । त्यस क्रममा संकलित १० लाख ५८ हजार ७ सय ६४ रुपैयाँको चेक शनिवार मृतक थापाका परिवारलाई हस्तान्तरण गरिएको हो । मगर संघ अमेरिका केन्द्रीय समितिको कोषबाटबाट ५ सय डलर, न्यूयोर्क च्याप्टरबाट ४ हजार ५ सय ५३, तेक़्सास च्याप्टर २ हजार ४ सय ५०, डिएमभि १ हजार, न्यू जर्सीबाट प्राप्त १ हजार गरी कुल ९ हजार ३ सय ४५ अर्थात १० लाख ५८ हजार ७ सय ६४ संकलन गरिएको मगर संघ अमेरिकाकाका अध्यक्ष कुलदिप रानाले जानकारी दिनुभयो ।

राहतबाट जुटेको रकम नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीष र नेपाल मगर संघ बागलुङका अध्यक्ष गणेश थापा मगरले हस्तान्तरण गर्नुभयो । उक्त रकमको चेक पत्रकार महासंघ कार्यालयमा आयोजित एक कार्यक्रमका बीच मृतककी आमा हरिकला थापा मगरलाई हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा मगर संघ बागलुङका अध्यक्ष गणेश थापा र पत्रकार महासंघका अध्यक्ष शिरीषले सुखदुःखमा साथ दिने नेपाली सँस्कार अनुसार अमेरिकामा रहेका नेपालीहरुले थापा परिवारका लागि गरेको सहयोग प्रशंसनीय कार्य भएको बताउनुभयो । मृतककी दिदी कुमारी थापाले अप्ठ्यारो अवस्थामा सहयोग गर्ने मगर संघ अमेरिका, पत्रकार महासघं लगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रमको सञ्चालन पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष बिजय रानाको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *