बेनी जोमसोम सडक पुनः अवरुद्ध,नयाँ ट्रयाक खोल्न एक साता

म्याग्दी र मुस्ताङको सीमाक्षेत्र काभ्रेभीरमा भाँसिएको सडक। तस्बिर: किरण घिमिरे

एसके थकाली, जोमसोम

अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङ जोड्ने बेनी-जोमसोम सडक खण्ड पुनःअवरुद्ध भएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ र मुस्ताङको थासाङ गाउँपालिका-४ को सीमाक्षेत्र कोभ्रेभीर सडकमा सोमबार वर्षाले सडक भाँसिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका सब-इन्जिनीयर किरण घिमिरेले जानकारी दिए ।

बेनी-जोमसोम सडकखण्ड अन्र्तगत आयोजनाको प्याकेज नम्बर २ काभे्रभीर सडक शर्मा गजुरमुखीले जिम्मा लिएको हो । उक्त सडक स्तरोन्नतिको जिम्मा लिएको काभ्रेभीर सडक मुस्ताङ प्रवेश गर्ने सबैभन्दा बढी जोखिम स्थानमा पर्छ ।

अन्नपूर्ण गाउँपालिकाको काभ्रे गाउँ र थासाङ गाउँपालिकाको तल्लो घाँसा सम्म जोडिने करिब ५ सय मिटर लामो अग्लो कडा चट्टाने पहाडबाट ट्रयाक विस्तार भएको हो । यसअघि उक्त सडकको ट्याक नेपाली सेनाले खोलेको थियो ।बर्खायामको वर्षाले त्यसस्थानमा बर्सेनि पहिरो जाने र सडक भाँसिने क्रम भईरहन्छ ।वर्षाले काभे्रभीरमा करिव १५ मिटर सडक भाँसिएको सब-इन्जिनियर घिमिरेले बताए । उनका अनुसार सडकको ५ मिटर चौडा भाँसिएकाले दोहोरो सडक आउजाउ बन्द भएको हो। उनले भने, ुकालिगण्डकी नदीमा बेसवाल उठाएर विस्तार भएको काभ्रेभीर सडक भाँसिएको छ ।

सडक सूचारु गर्न त्यहाँ भाँसिएको अवस्थाको अध्ययन गर्नुपर्छ । कालिगण्डकी नदीबाट बेस उठाउन सम्भव नभएमा रक कटिङ गर्नुपर्ने हुन्छ। उनले सडक अवरुद्ध भएको स्थानमा अहिले वर्षा भइरहेकाले सडकको ट्याक खोल्ने काम सुरु हुन नसकेको बताए ।

सब इन्जिनियर घिमिरेका अनुसार वर्षा रोकिएमा सडक ट्याक खोल्न एकसाता लाग्नसक्ने जनाए ।यसअघि अविरल वर्षाले मुस्ताङको थासाङ गाउँपालिका(४ को थाप्लाङ खोला, सोही वडाको चेतनडाडा र थासाङ-३ को लेते खोला नजिक पहिरोले सडक अवरुद्ध भएको थियो।

यस्तै म्याग्दीको रघुगंगा गाउँपालिका गलेश्वरस्थित अस्थायी बेलीब्रिज बाढीले क्षति बनाएको थियो । सब-इन्जिनियर घिमिरले त्यहाँ अस्थायी रुपमा बेलिब्रिज माथि उठाएर सडक सहज बनाउने कार्य अघि बढाइएको छ ।

दुबै स्थानमा भएको सडक असहजतालाई समाधान गर्न करिब १० दिन लाग्नसक्ने उनको भनाइ छ । बेनी-जोमसोम सडकमा ठाउँठाउँमा दैनिक बाढी आउने ,सडक भाँसिने र पहिरो जाने गर्नाले बेनी-जोमसोम यात्रा कष्टकर बनेको छ ।

पटक-पटकको सडक अवरुद्धका कारण मुस्ताङमा निर्माण सामग्री तथा खाद्यान्न ढुवानी गर्न अप्ठ्यारो परेको जनाइएको छ । बाढी÷पहिरो र सडक अवरुद्धले म्याग्दी र मुस्ताङ आउजाउ गर्न सर्वसाधारणले समेत सास्ती भोग्न बाध्य भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *