कालीगण्डकी नदीमा एक युवक मृत फेला

आदर्श अनलाइन, बागलुङ

जिल्लाको बागलुङ नगरपालिका–१३ स्थित कालिगण्डकी नदि किनारामा एक युवकको शव फेला परेको छ ।

जैमिनी नगरपालिका–१० निवासी १८ वर्षका जिवन पुुनको कालीगण्डकी नदीको किनारामा बिहिवार दिउँसो मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पुन असार ३० गते पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ स्थित दिदिको घरबाट जैमिनी फर्किने क्रममा सम्र्पक विहिन भएका थिए । उनको खोजी गर्ने क्रममा कालीगण्डकी किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले आदर्श अनलाइनलाई जानकारी दिए । दिदिको घरबाट कालिगण्डकी नदि तरेर जैमिनी तर्फ जाने क्रममा ठूलो पानी परेका कारण चिप्लिएर नदीमा खसेको हुन सक्ने प्रहरी अनुमान छ ।

पुनको शव प्रहरीले पोष्टमार्टमका लागि धौलागिरी अस्पतालमा पठाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *