निरयघाट पहिरोमा पुरिएका एकको शव भेटियो,उद्धार कार्य जारी

आदर्श अनलाइन,बागलुङ

बागलुङ नगरपालिका वडा नं. १ निरयघाट स्थित सामुदायीक वन क्षेत्रमा शनिबार राति गएको भीषण पहिरोमा पुरिएका एक जनाको शव भेटिएको छ ।

बागलुङ–पोखरा राजमार्गको गणेश घुम्तीदेखि निरयघाट जाने बाटोको बिचमा खसेको पहिरोमा पुरिएका ध १ त ४०७ नम्बरका ट्याक्टर चालक बानपा ५ मालिकाका धनबहादुर किसान आइतवार विहान मृत अवस्थामा फेला परेका हुन् । राति ९ बजेतिर सडकमा बिछ्याउने कच्चा पदार्थ झिक्ने क्रममा अचानक खसेको सुख्खा पहिरोमा टिपर चालक पर्वत बनौ पुख्यौली घर भई हाल कास्की बस्ने निर्मल पुन समेत पुरिएको आशंका गरिएको छ । अहिले प्रहरी र स्थानीयद्धारा उद्धार कार्य जारी छ ।

पहिरोमा परी एक स्काभेटर, एक ट्याक्टर र ध १ख ४६३७ नम्बर एक ट्रिपर पुरिएको प्रहरी निरिक्षक दिपक रिजालले जानकारी दिए । ट्याक्टर र टिपरका चालकको मोवाईलमा फोन गइरहे पनि फोन रिसिव भएको थिएन ।
स्काभेटरका चालक सिन्धुपाल्चोक घर भई बानपा १ रामरेखा बस्ने राजु माझी भने राति नै सम्पर्कमा आएका थिए । उनले पहिरो झरेपछि बल्लबल्ल भागेर ज्यान बचाएको बताएका छन् । पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *