धौलागिरी अस्पताल भवन निर्माणमा खटिएका मजदुरलाई कोरोना

आदर्श अनलाइन,बागलुङ

धौलागिरी अस्पताल बागलुङको ‘सी’ ब्लक भवन निर्माणमा खटिएका एक कामदारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

लकडाउन खुल्ला भएसँगै अस्पतालको ‘सी’ ब्लक भवन निर्माणका लागि महोत्तरीबाट आएका एक युवामा आइतवार कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालको निर्माण सम्बन्धि कामका लागि एकै गाउँबाट आएका १७ जना मध्ये पीसीआर परीक्षणका क्रममा एक युवकमा मात्र कोरोना संक्रमण देखिएको धौलागिरी अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले आदर्श अनलाइनलाई जानकारी दिए । उनीहरु चार दिन अघि अस्पतालको कामका लागि आएर सबै एकै ठाउँमा बस्दै आएका छन् । ‘कोरोना संकट र यससँगै देशमा जारी लकडाउनका कारण अस्पताल भवनको काम ठप्प थियो, लकडाउन खुल्ला भए सँगै काम शुरु गर्ने भएकाले आएका थिए,’ उनले भने, ‘पीसीआर परीक्षण गर्दा कोरोना देखिएकाले अस्पतालको आइसोलेसनमा राख्ने तयारी छ ।’ अन्य १६ जनाको नेगेटिभ आए पनि संक्रमण हुने सबै सँगै बसेको हुनाले अब क्वारेन्टिनमा राखेर केही दिन पछि पुनः स्वाब परीक्षण गरिने सूचना अधिकारी गौतमले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *