गलकोटको रमुवामा बन्दुक पड्केर एक किशोरको मृत्यु

आदर्श अनलाइन, गलकोट

जिल्लाको गलकोट रमुवामा भरुवा बन्दुक पड्केर एक जनाको ज्यान गएको छ ।

गलकोट नगरपालिका १० रमुवा बिखबारी जैलुङमाका १५ बर्षिय मिलन मगरको सोमवार राति भरुवा बन्दुक पड्किएर ज्यान गएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक शारप्रसाद चौधरीले जानकारी दिनुभयो ।

रमुवाका स्थानीयले गाईबस्तुलाई चरिचरणको लागी जगंलमा छाडेको अबस्थामा नुन राख्न गएका रमुवाका ५ जना र पाण्डबखानीका १ जना गरि ६ जना गएको र गाईबस्तुलाई नुन राखेर फर्किने क्रममा भरुवा बन्दुक पड्किदाँ मगरको ज्यान गएकोे दावी छ ।

मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घटना स्थलमा फेला परेको भरुवा बन्दुक मृतक मगर र मृतक सँगै गएका ५ जनालाई नै थप अनुसन्धानको लागि जिल्ला ल्याउँदै गरेको प्रहरी उपरिक्षक चौधरीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *