अनेम संघ बागलुङको सन्देशमुलक तीज गीत सार्वजनिक (भिडियो सहित)

आदर्श अनलाइन, बागलुङ
अखिल नेपाल महिला संघ बागलुङले हरितालिका तीज विषेश सन्देशमुलक गीत र म्यूजिक भिडियो सार्वजनिक गरेको छ । सतीप्रथा देखि राष्ट्रपति सम्म महिला शिर्षकको तीज गीत अनेम संघले शुक्रबार आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरेको हो ।

संस्कार परम्परालाई परिष्कृत गर्दै समाजमा रहेका कुरिती र कु–संस्कारलाई निरुत्साहित गर्नको लागि सन्देशमुलक तीज गीत २०७७ सार्वजनिक गरिएको हो । देशका समसामयिक विषयवस्तु, कोरोना, बाढि पहिरो र महिलाको अवस्थालाई गितको विषयवस्तु बनाएर छायांकन गरिएको संघका अध्यक्ष सावित्रा रानाले जानकारी दिनुभयो ।

गितका सब्द संकलन गर्ने र गाउने काम अनेम संघको संघ, प्रदेश र जिल्ला कमिटिमा आवद्ध रहेका सदस्यहरुले आफै गरेको रानाले जानकारी दिनुभयो ।

गितमा बाढि पहिरो र महामारीबाट जोगिनुपर्ने, विभिन्न चरणमा भएका आन्दोलनहरुमा महिलाले प्राप्त गरेका उपलब्धीको मुल्याङकन र संरक्षण हुनुपर्ने, समानता मुलक समाज निर्माण र हत्या हिंसा बलात्कार जस्ता घटनाहरु निर्मुल पार्नुपर्ने जस्ता विषयवस्तु समावेश गरिएको छ ।

यो पनि पढ्नुहोस्

2 thoughts on “अनेम संघ बागलुङको सन्देशमुलक तीज गीत सार्वजनिक (भिडियो सहित)

  1. ल बधाई छ। दिदीबहिनीले सामाजिक परिवर्तनका लागि उर्जा थपिरहनु भएको छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *