कोरोना जोखिम पछि बागलुङमा फेरी कडाई गरिदै

आदर्श अनलाइन, बागलुङ

जिल्ला प्रशासन कार्यालय बागलुङले सर्वत्र कोरोना जोखिम बढ्दै जान थालेपछि फेरी कडाई गर्न थालेको छ ।

प्रशासनले तीन महिना लामो लकडाउन खुले लगत्तै व्यापार, व्यवसाय, यातायात जिल्ला भित्र खुलाइए पनि पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएकाले आवश्यक स्वास्थ्य सुरक्षा सचेतता अपनाउन सबैलाई आग्रह गरेको छ । अन्तर जिल्ला सवारी पास पनि पूर्ण रुपमा बन्द गरिएको छ ।

सरकारले साउन १५ देखि सञ्चालनमा आउन दिएको होटल तथा रेष्टुरेन्ट पनि अब जिल्ला स्तरमा होटल रेष्टुरेन्टबाट तयारी खाद्य परिकार लैजाने सेवा बाहेक अन्य सेवा सञ्चालन नगर्न नगराउन अनुरोध गरेको छ ।

यसैगरी, भिडभाड हुने बैठक, कार्यक्रम, गोष्ठी, सेमिनार, छलफल, भेला जस्ता सामुहिक जमघट हुने कार्य नगर्न पनि विज्ञप्ती मार्फत अनुरोध गरिएको छ । धार्मिक स्थलहरुमा दैनिक नित्य पूजा बाहेक अन्य कुनै पनि गतिविधि सञ्चालन नगर्न अनुरोध गरिएको छ ।

यसैबीच, पछिल्लो साता अवधिमा मास्क लगाउन अटेर गर्ने १ सय ४३ जनालाई नियन्त्रणमा लिएर सम्झाई बुभाई गरी छाडिएको छ ।

माक्स लगाउन अटेर गर्ने १ सय ४३ जनालाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम कारवाही गरि कोभिड–१९ सम्बन्धी सचेतना जानकारी दिएर छोडिएको प्रमुख जिल्ल अधिकारी सुरेश न्यौपानेले आदर्श अनलाइनलाई जानकारी दिए ।

विज्ञप्तीमा ‘अब उप्रान्त पनि कोभिड–१९ रोकथाम र गतिविधि गर्ने तथा मास्क प्रयोग नगरी घरबाहिर हिँडडुल गर्ने व्यक्तिलाई कडा चेकजाँच गरि संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने’ उल्लेख गरिएको छ । हेर्नुहोस् शुक्रबारी जारी बिज्ञप्ती

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *