पोखरामा आज रातिदेखि निषेधाज्ञा, बागलुङमा पनि गर्ने तयारी

आदर्श अनलाइन, बागलुङ

पोखरामा पछिल्लो समय कोरोना संक्रमतिको संख्या बढ्न थाले पछि पोखरामा निषेधाज्ञा जारी गरिने भएको छ ।

बागलुङमा पनि आजै राति देखि लकडाउन या निषेधाज्ञा जारी गर्ने तयारी छ । यसका लागि जिल्ला प्रशासन कार्यालय बागलुङले अहिले दिउँसो १ बजे सरोकारवालाको बैठक आव्हान गरेको छ ।

पोखरामा मंगलबार विहान मात्रै १५ जनामा कोरोना पुष्टि भएको छ । यससँगै प्रदेश राजधानी सहर पोखरामा कोरोना भाइरस रोग फैलन नदिन मंगलबार राति १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा घोषणा भएको छ ।

यहाँ बागलुङ नगरपालिकाका चार वडाले सोमवार विज्ञप्ती निकाल्दै सेवा प्रवाह बन्द गर्दै सबैलाई घर बाहिर ननिस्कन, भिडभाड नगर्न आग्रह गरेका थिए । यसमा बागलुङ उद्योग बाणिज्य सघंले पनि व्यापार एक साताका लागि बन्द गर्न आग्रह गरेको थियो । यद्यपी जिल्ला प्रशासन कार्यालय बागलुङ र बागलुङ नगरपालिकाले पनि औपचारिक निर्णय लिएको छैन । केहीबेर अघि मात्रै नगरपालिकाले लकडाउन गर्न प्रशासनलाई सिफारिस गरेको छ ।

सिडिओ संयोजकत्वको जिल्ला संकट व्यवस्थापन समितिको मंगलबार बिहानको बैठकले जिल्लाभर नै ७ भदौसम्मलाई निषेधाज्ञा गर्ने निर्णय गरेको हो । उक्त जानकारी जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी तथा सहायक सिडिओ श्रीनाथ पौडेलले दिए ।

यसअघि सोमबार पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ संयोजकत्वको संकट व्यवस्थापन समितिले निषेधाज्ञाको सिफारिस जिल्लालाई गरेको थियो । मेयर मानबहादुर जिसीसमेत सहभागी रहेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले महानगरपालिकाको उक्त सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *