बागलुङमा छुट्टीमा घर आएका सैनिकमा कोरोना पुष्टि

आदर्श अनलाइन,बागलुङ

नेपाली सेनामा कार्यरत एक सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखराको जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिवार बागलुङ नगरपालिका–१२ का २६ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

लमजुङको ब्यारेकमा कार्यरत रहेका उनी छुट्टीको समयमा घर आएका थिए । लमजुङमा कार्यरत रहेका उनी घर आएको केहि दिनमै ज्वरो, खोकी लगायतका लक्षण देखिएपछि उपचारका लागि धौलागिरी अस्पताल आएका थिए ।

लक्षणका आधारमा कोरोना आशंकामा आइसोलेसन कक्षमा भर्ना गरेर पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभको रिपोर्ट आएको धौलागिरी अस्पताल बागलुङका प्रमुख डा.शैलेन्द्र बि पोखरेलले जानकारी दिए । अहिले संक्रमितमा खोकी केही बढी देखिएको तर गम्भीर अवस्था नरहेको उनले बताए ।

संक्रमित पुरुष लम्जुङबाट आएर बागलुङ नगरपालिका–३ मा परिवारसँगै बस्दै आएका थिए ।
जिल्लामा अहिले सम्म स्वास्थ्यकर्मी, जनप्रतिनिधिलाई कोरोना संक्रमण भए पनि सुरक्षाकर्मीलाई भएको छैन । तर छुट्टीमा आएका सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि पछि अब कन्ट्रयाक टे«सिङ गरेर स्वाब लिइने बागलुङ नगरपालिका नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । संक्रमित सैनिक सँग सम्पर्कमा भएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न लगाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *