बागलुङका सैनिकका आमामा पनि कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन,बागलुङ

छुटटीमा आएको बेला कोरोना संक्रमण पुष्टि भएका बागलुङका सैनिकका आमामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बागलुङ नगरपालिका–१२ अमलाचौर घर, हाल बानपा ३ गुठीमा बस्दै आएका ५४ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको बागलुङ नगर स्वास्थ्य शाखका प्रमुख स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । संक्रमितको सम्पर्कमा रहेका र दम, रुघाखोकी लगायतको समस्या समेत रहेकाले ती महिलालाई केही दिन अघिनै धौलागिरी अस्प्तालमा उपचारका लागि लगिएको थियो । संक्रमण सर्न सक्ने आशंकामा चिकित्सकको परामर्शमा त्यही क्रममा स्वाब लिइएको थियो ।

लमजुङमा नेपाली सेनाको ब्यारेकामा कार्यरत रहेका कोरोना पुष्टि भए पछि अहिले धौलागिरी अस्पतालको आइसोलेसनमा उपचारत छन् । ज्वरो आएपछि ३ गते अस्पताल गएका उनको ५ गते रिपोर्ट आउँदा पोजिटिभ देखिएको थियो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *