काठेखोलाका संक्रमितको सम्पर्कका १४ जनाको रिपोर्ट नेगेटिभ

आदर्श अनलाइन, काठेखोला

जिल्लाको काठेखोला गाउँपालिकाका संक्रमित कर्मचारीको सम्पर्कमा भएका १४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

गत विहीबार गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भए पछि गाउँपालिका एक साताका लागि बन्द गरिएको थियो । संक्रमितको प्रत्यक्ष सम्पर्कमा भएका १४ जनाको स्वाबको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको काठेखोला गाउँपालिका स्वास्थ्य शाखाका सोमराज पाण्डेले जानकारी दिए ।

अचानक प्राविधिक कर्मचारीमा संक्रमित देखिए पछि गाउँ कार्यपालिकाको भर्चुअल बैठकबाट एक साता सम्म (भाद्र १७ सम्मका लागि गाउँपालिका मातहतका अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

काठेखोलामा बिहिवार भारत चेन्नइबाट आएर भिमसेन प्रावि क्वारेन्टिन बिहुँमा बसेका काठेखोला १ का ३४ वर्षीय पुरुष र काठेखोला गाउँपालिकामै कार्यरत ३१ वर्षीय इञ्जिनियरमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी गत भाद्र २ गते काठमाण्डौबाट आएका थिए । उनीहरु दुवै अहिले आइसोलेसनमा उपचाररत छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *