काठेखोला गाउँपालिकाका अर्का कर्मचारीमा पनि कोरोना पुष्टि

आदर्श अनलाइन, बागलुङ

जिल्लाको काठेखोला गाउँपालिकाको अर्का एक कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । उनी सँगै बरेङ गाउँपालिकाका १९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा काठेखोला गाउँपालिकामा कार्यरत ४५ वर्षिय कर्मचारीमा कोरोना संक्रमण देखिएको काठेखोला गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेव सोमराज पाण्डेले आदर्श अनलाइनलाई जानकारी दिए । संक्रमित कर्मचारीलाई आइसोलेसनमा ल्याउने तयारी छ ।

यसअघि दिउँसो संक्रमित कर्मचारीको सम्पर्कमा भएका १४ जनाको रिपोर्ट भने नेगेटिभ आएको थियो । गत विहीबार गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भए पछि गाउँपालिका एक साताका लागि बन्द गरिएको थियो । संक्रमितको प्रत्यक्ष सम्पर्कमा भएका ३१ जनाको स्वाब संकलन गरिएकोमा १४ जनाको स्वाबको पीसीआर परीक्षणमा दिउँसो रिपोर्ट नेगेटिभ आएको थियो ।

अचानक प्राविधिक कर्मचारीमा संक्रमित देखिए पछि गाउँ कार्यपालिकाको भर्चुअल बैठकबाट एक साता सम्म ९भाद्र १७ सम्मका लागि गाउँपालिका मातहतका अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

काठेखोलामा बिहिवार भारत चेन्नइबाट आएर भिमसेन प्रावि क्वारेन्टिन बिहुँमा बसेका काठेखोला १ का ३४ वर्षीय पुरुष र काठेखोला गाउँपालिकामै कार्यरत ३१ वर्षीय इञ्जिनियरमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी गत भाद्र २ गते काठमाण्डौबाट आएका थिए । उनीहरु दुवै अहिले आइसोलेसनमा उपचाररत छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *