ढोरपाटन अपडेटः मृतक १४ मध्ये ७ को सनाखत,२४ अझै बेपत्ता

आदर्श अनलाइन,बागलुङ

जिल्लाको ढोरपाटनमा भुजीखोलामा आएको बाढीले ज्यान गुमाएका १४ मध्ये ७ जनाको पहिचान खुलेको छ । २४ जना अझै बेपत्ता छन् ।

बुधबार राति ढोरपाटन शिकार आरक्षको देउराली छेउको पहाड खसेर खोला थुनिएर फुटे पछि भुजीखोलामा भीषण बाढी आएको थियो ।

बाढीमा परेर ज्यान गुमाएका १४ जनाको शव भेटिएको थियो । जसमा ढोरपाटन नगरपालिका ९ का २६ वर्षिया केशमाया बिक, ४६ वर्षिय करबहादुर बिक, २२ वर्षिय जीवन बिक, ११ वर्षीया डल्ली बिक, २१ वर्षिया डिलमाया पुन, वर्ष ३५ कि रिनाकुमारी घर्ती र वर्ष ३२ की करमती बुढाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए ।

मृत अवस्थामा शव फेला परेका ७ जनाको शव अझै सम्म सनाखत हुन सकेको छैन । शव कतै पुलको लठोमा अड्केको अवस्थामा फेला परेको छ भने कतै खोला किनारको बालुवामा भेटिएको छ । हात, खुट्टा, टाउँको नभएको अवस्थाका क्षतविक्षत अवस्थामा रहेकाले शव पहिचान गर्न कठिनाइ भइरहेको डिएसपी रेग्मीको भनाई छ ।

बाढीले ३१ घर बगाएको थियो भने ७० भन्दा बढी घरमा क्षति पु¥याएको छ । बाढीमा परेका चार जनाको घाइते अवस्थामा उद्वार गरिएको छ । जसमध्ये गम्भीर अवस्था रहेका ढोरपाटन नगरपालिका ९ का महेन्द्र पुनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको छ ।

बाढीले ढोरपाटन ९ स्थित लाकुरीबोट स्वास्थ्य चौकीको भवन, जनचेतना प्राविको ४ कोठे भवन, सरस्वती प्राविको २ कोठे भवन, भुजीखोला लघु जलबिधुत आयोजनाको ५ वटा शाखा मध्ये ४ वटा भवन, सडक छेउमा पार्किङ गरेर राखेको एक जीप पनि बगाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *