जैमिनीमा पहिरोले पुरिएर दुई महिला बेपत्ता

आदर्श अनलाइन, बागलुङ

अविरल वर्षाका कारण घर माथिबाट आएको पहिरोले पुरिएर बागलुङ जिल्लाको जैमिनी नगरपालिकामा आज आइतवार विहान दुई महिला बेपत्ता भएका छन् ।

जैमिनी नगरपालिका–५ विनामारे स्थित घरमाथिबाट खसेको पहिरोले निलकण्ठ पौडेलको घर पुरिएर जल्पादेवि पौडेल बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक दिपक रिजालले जानकारी दिनुभयो । घरमा भएका अन्य ६ जना भने सामान्य घाइते भएका छन् ।

यस्तै, जैमिनी नगरपालिका–१ मा पहिरोले घर पुरिएर लक्ष्मीदेवी उपाध्याय बेपत्ता हुनुभएको छ । अहिले दुवै घटनास्थलमा उद्दारका लागि प्रहरी परिचालन भइसकेको प्रहरी निरिक्षक रिजालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *