पहिरो अपडेटः जैमिनीमा बेपत्ता दुई महिलाको मृत्यु

आदर्श अनलाइन,बागलुङ

अविरल वर्षाका कारण घर माथिबाट आएको पहिरोले पुरिएर बागलुङ जिल्लाको जैमिनीमा दुई महिलाको ज्यान गएको छ ।

घर माथिबाट आएको पहिरोले पुरिएर बेपत्ता भएका दुवै महिला मृत अवस्थामा फेला परेका छन् ।

जैमिनी नगरपालिका–१ मा पहिरोले घर सँगै पुरिएर ६३ वर्षिया लक्ष्मीदेवी उपाध्यायको ज्यान गएको हो । आइतवार विहानै पहिरोसँगै पुरिएका उपाध्यायको तत्काल उद्धार प्रयास गरिए पनि मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक दिपक रिजालले जानकारी दिनुभयो ।

यसैगरी, जैमिनी नगरपालिका वडा नम्बर–५ विनामारेमा पनि घर माथिबाट खसेको पहिरोले पुरिएर बेपत्ता हुनुभएकी ७५ वर्षिया जल्पादेवी पौडेलको पनि मृत्यु भएको छ । पहिरोमा पुरिएका बेपत्ता पौडेलको स्थानीय र प्रहरीले खोजी तथा उद्धार गर्ने क्रममा मृत अवस्थामा शव फेला परेको प्रहरी निरिक्षक रिजालले बताउनुभयो । घरमा रहेका अन्य ६ जना भने सामान्य घाइते भएका छन् । निरन्तर वर्षाले घरमाथि रहेको बाँसघारीमा पानीको मुल उम्रेको र त्यही मुलको पानीले बाँसकोघारी सहित पहिरो खसेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *