मध्यपहाडी लोकमार्गको बागलुङ-पर्वत खण्ड १२ घण्टा पछि सुचारु

फाईल तस्विर

आदर्श अनलाइन, बागलुङ

पहिरोले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग अन्र्तगतको बागलुङ-पर्वत खण्ड १२ घण्टा पछि सुचारु भएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ-पर्वत सडक खण्डमा पर्ने पर्वतको कुश्मा नगरपालिका वडा नं. २ सहस्रधारामा आइतबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।

करिब ५ सय मिटर माथिबाट झरेको पहिरोले सडक पुरेको थियो । ठूलो पहिरो खसेकाले अवरुद्ध भएको १२ घण्टा पछि मात्र सुचारु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

कोरोना महामारीको समयमा सडकमा सवारीको चाप घटे पनि सडक अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि आवत जावत गर्नेहरु समस्यामा परेका थिए। सडक सुचारु भएसँगै बागलुङ, म्याग्दी र मुस्ताङबाट अन्यत्रका लागि छुटेका र अन्यत्रबाट जिल्लामा आएका सवारी साधन गन्तव्य तर्फ लागेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए।

बाटो सुचारु भएपनि पहिरो खस्ने क्रम नरोकिएकाले जुनसुकै बेला पनि बन्द हुने अवस्था रहेको छ । उक्त स्थानमा गत साउनमा पनि पहिरो गएको थियो । पहिरोसँगै खसेको ठूलो ढुंगा फुटाउन नसक्दा अहिलेपनि सडक एकतर्फी जस्तै बनेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *