बडिगाडमा चार परिवार विस्थापित,१५ घण्टादेखि अवरुद्ध लोकमार्ग खुल्यो

कमल पौडेल, बडिगाड

बागलुङको बडिगाड गाउँपालिका-२ राक्सेमा माथिवाट आएको बाढी पहिरोले चार घरमा क्षति गरेको छ ।

मध्यपहाडी लोकमार्गको छेउमै रहेका दुर्गा अर्याल, जित बहादुर विक., धनबहादुर घर्ति र धनबहादुर थापाको घर क्षति गरेपछि चार परिवार नै विस्थापित भएका छन् । विस्थापित परिवार छिमेकीको घरमा आश्रय लिइरहेका छन् । सल्लेरीको जंगलमा गएको पहिरो बीचमै थुनिएर बाढीको रुपमा आए पछि ठुलो क्षति भएको प्रहरी चौकी खर्वाङका प्रमुख प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानेले जानकारी दिनुभएको छ ।

पहिरो र बाढीले पोल सहित तार पनि बगाएकोले स्थानीय लघुजल विद्युत अवरुद्ध बनेको छ । ४५ घर परिवारले उपयोग गर्ने राक्से खानेपानी योजनाको ट्यांकी पनि बगाएकोले खानेपानी पनि बन्द भएको छ ।

यसैबीच, पहिरोले १५ घण्टा देखि पूर्ण अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग खुलेको छ ।

मंगलबार विहानै देखि स्काभेटरको प्रयोग गरेर एकतर्फी रुपमा मात्रै सडक खुलाइएको वडा अध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *