सरसफाई सहकारीलाई फोहोर शुल्क नउठाउन प्रशासनको निर्देशन

आदर्श अनलाइन, बागलुङ

जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ बजारमा गैरकानूनी रुपमा फोहोर तथा शुल्क नउठाउन धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्था लिमिटेडलाई निर्देशन दिएको छ ।

२०७२ फागुन १२ गते बागलुङ नगरपालिकासँगको सम्झौता अनुसार फोहोर सङ्कलन गर्दै आएको सहकारी संस्थासँग नगरपालिकाले २०७७ साउन ३२ गते सम्झौता भङ्ग गर्ने निर्णय गरेको थियो ।

बागलुङ नगर कार्यपालिकाको निर्णय अनुसार सम्झौता भङ्ग भए पनि सहकारी संस्थाले अहिले पनि नियमित फोहोर संकलन गर्दै आएको थियो । पछिल्ला दिनमा सरसफाई सहकारी र नगरपालिकाले छुट्टा छुट्टै रुपमा फोहोर संकलन गर्न थालेका छन् । तर, सम्झौता भंग भएकाले सहकारीेले फोहोर संकलन गरिनु गैरकानूनी कार्य भएकाले उक्त कार्य तत्काल रोक्न आग्रह गरिएको छ ।

नगर कार्यपालिकाको निर्णय अनुसार फेहोर संकलन कार्य नगरपालिकाले असोज १ गतेदेखि आफै फोहोर सङ्कलन कार्य सुरु गरेकाले सहकारी संस्थाले आम नगरबासीमा भ्रम सिर्जना गर्ने कार्य गरी राखेको पाइएकाले फोहोर व्यवस्थापन सम्बन्धी कुनै पनि शुल्क नउठाउन आदेश दिइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश गौतमले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *