सहकारी संकटको सारथी हो : मल्ल

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तराष्ट्रिय सहकारी महासंघका ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्ललाई जिल्ला सहकारी संघ लिमिटेड बागलुङले शुक्रवार स्वागत गरेको छ । व्यक्तिगत भ्रमणको क्रममा बागलुङ आएकी मल्ललाई संघले स्वागत गरेको हो ।

जिल्ला सहकारी संघ लिमिटेडले आयोजना गरेको स्वागत कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले व्यक्त गर्नुभएको मन्तव्यको सम्पादित अंश
कोभिड १९ को महामारीको बीचमा ७ वटै प्रदेशका सहकारीहरुसँग भर्चुअल बैठक गरेर कसरी काम गर्नुभएको छ भन्ने बारेमा जानकारी लिएका थियौ । विगतका वर्षहरुमा भन्दा पछिल्ला केही महिनामा सहकारीलाई हेर्ने नजरमा परिर्वतन आएको छ । कोभिड १९ को समस्याको विचमा सहकारीले गरेका गतिविधीलाई देखेर सरकारले सहकारी प्रति सकरात्मक धारणा बनाउन थालेको छ । नीजि क्षेत्रले अरबौ खरबौको कारोबार गर्छ, ठुलो परिमाणमा कर पनि तिर्छ, नेपाल सरकारको पनि नीजि क्षेत्रमा ठुलो लगानी छ । कमर्शियल बैंकहरुको अनुगमनको लागि मात्र सरकारले करोडौ बजेट विनियोजन गर्ने गरेको छ । हामीहरुले पटक–पटक सहकारी क्षेत्रको लागि कति बजेट विनियोजन भयो भनेर सरकारलाई भन्दै आएका छौ । आखिर नीजि क्षेत्रले अरबौ खरबौको कारोबार गरेपनि दुखको साथी भनेको सहकारी रहेछ भनेर हामीहरुले कोरोना कहरको विचमा प्रमाणित गरिसकेका छौं । हामीहरुले कोरोनाको महामारीको विचमा गरेका गतिविधी र सहयोगी भावले सरकारलाई सहकारी प्रति अपनत्वको अनुभुती गराउनको लागि सफल भएका छौ ।

नेपाल भरका सहकारीहरुले सरकारलाई आर्थिक रुपमा पनि सहयोग ग¥यौ । राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा २७ लाख रुपैयाँ नगद सरकारको खातामा जम्मा गर्यौ । चैत २० गते सहकारीको अस्पताल मनमोहन शिक्षण अस्पतालमा २५ लाख रुपैयाँ हस्तान्तरण गर्याै । राष्ट्रिय सहकारी वैंकका अध्यक्ष र महासंघका सञ्चालक के.बी. उप्रेतीलाई वित्तीय व्यवस्थापन संयोजक बनायौ । कोभिड १९ को बीचमा र महामारी सकिएपछि सहकारीमा वित्तीय तरलताको अभाव भयो भने विस्थापित हुनुपर्ने अवस्था नआओस भनेर हामीहरुले थालेको यो अभियानमा राष्ट्रिय सहकारी बैंकमा १ अर्वको तरलता कोष निर्माण गर्नुभयो । त्यसैगरी नेफ्स्कुनले पनि तरलताको लागि १ अर्वको कोष खडा ग¥यो । सहकारीले उत्पादन गरेका वस्तुलाई कोरोनाको कारणले लकडाउन भएको समयमा काठमाडौका विभिन्न हाउजिङको गेटसम्म पु¥याउने काम ग¥यौं । कति मानिसहरु त सहकारीले यसरी पनि काम गर्छ र ? भनेर दंग पर्नुभयो । यो एउटा जनचेतना हो । देशभरका जिल्ला सहकारी संघहरुले पनि यो विचमा धेरै राम्रा काम गर्नुभएको छ । कृषी सहकारीहरुले समेत एम्बुलेन्स चलाएर सेवा दिनुभयो । आजको दिन सम्म पनि सहकारीहरुले यसैगरी काम गरिरहेका छन् । राष्ट्रिय सहकारी महासंघले २० वटा बेड सहितको सहकारी कोरोना केन्द्र भनेर आइसोलेसन वार्डको निर्माण गरेको ।

सन्दर्भ व्यजदर
सहकारीले १८, २० र २४ प्रतिशत सम्म कर्जामा व्याज लिएको भनेर निकै नराम्रो प्रभाव प¥यो । लामो लडाई र छलफल पछि सहकारीको व्याजदर निर्धारण गरेर १६ प्रतिशत बनाईएको थियो । तर यहि १६ प्रतिशत व्याज पनि चर्काे भएको भन्दै व्याजदर घटाउनको लागि सहकारी विभाग लाई निकै दवाव ग¥यो । राष्ट्रिय सहकारी महासंघले विभिन्न चरणमा राष्ट्रिय सहकारी बैंक र केन्द्रीय सहकारी संघहरुलाई बोलाएर छलफल ग¥यो । हामीहरुले १७.५ प्रतिशत व्याजदर हुनुपर्छ भनेर प्रस्ताव पठाएका थियौ । तर सन्दर्भ व्याजदर र प्रक्रिया हेर्दा १४.७५ प्रतिशत भन्दा माथि लैजान मिल्दै मिलेन । लघुवित्तको व्याजदर १५ प्रतिशत छ । सहकारी लघुवित्त भन्दा फरक हो र हरेक कुरामा फरक हुनुपर्छ भन्ने मान्यताले त्यो लघुवित्तको भन्दा व्याजदर कम राख्नुपर्छ भन्ने भनाई पनि उठ्यो । अन्तत् रजिष्टारको समेत कुरालाई मान राख्दै १४.७५ प्रतिशत व्याजदर कात्तिक १५ गते देखि लागु हुनेगरी निर्णय भएको छ । पहिले १६ प्रतिशत व्याजदर निर्धारण भएपछि १ वर्ष सम्म समिक्षा भएन् तर हामीहरुले प्रत्येक ३ महिनामा समिक्षा बैठक बस्ने निर्णय गरेका छौ । कोभिडको कारणले ठुलो प्रभाव प¥यो भने व्याजदर जुन कुनै समयमा पनि तलमाथी गर्न सक्ने गरी हामीहरुको मौखिक सल्लाह भएको छ ।

अवस्था सामान्य रहदा पनि बैंकले भोलिका दिनमा व्याजदर बढाएर लगेको खण्डमा तुरुन्तै हेरफेर गर्न सक्ने पनि छलफल भएको छ । व्याजदर १४.७५ प्रतिशत भएपनि बचतमा ४ प्रतिशत फरक राखेर चलाउन सकिन्छ । तर अधिकतम ६ प्रतिशत सम्म गर्न सकिन्छ ।

पछिल्लो समय कर्जामा लिने सेवा शुल्कको पनि कुरा उठेको छ । रजिष्टारले सहकारीको सेवा शुल्क पनि तुरुन्तै तोक्नुपर्छ भन्नुभएको छ । सम्भवत यहि महिना भित्र बैठक बसी २ प्रतिशत सम्म निर्धारण गर्ने विषयमा छलफल चलिरहेको छ ।

कर्जा सूचना केन्द्रको बारेमा पनि बुझाउन सकिएको छैन । कोपोमिसले कर्जा विभागको काम गर्छ भनेर सुचना केन्द्र चाहिदैन भनिएको छ । हामीहरुले जुन कुनै मुल्यमा पनि कर्जा सूचना केन्द्र चाहिन्छ भनेर छलफल अगाडी बढाएका छौ र सूचना केन्द्र स्थापना गरेरै छोड्छौ ।

सहकारी विभागले भर्खर अनुगमन निर्देशिका जारी गरेको छ । जसमा कुनै पनि संस्था अनुगमन गर्न आउँदा छापामार शैलीमा विना जानकारी प्रहरी सहित जाने भनेर लेखिएको छ । यसरी विना जानकारी प्रहरी सहित जाँदा सहकारीको छवि विग्रन्छ भनेर ध्यानाकर्षण गराएका छौ । अनुगमन जानुभन्दा ३ दिन पहिले जानकारी गराउने र प्रहरी विना अनुगमनमा जानको लागि लिखित रुपमा सच्याउन माग गरेका छौ ।

राष्ट्रिय सहकारी महासंघले सहकारीका अफ्ठ्यारा फुकाउने, र विभिन्न पहल कदमी गर्ने हो । कमर्शियल बकलाई नेपाल राष्ट्र बैंकले २ प्रतिशतमा कर्जा दिएर कृषकलाई ५ प्रतिशतमा लगानी गर्नु भन्यो हामीहरुले पनि त्यो पैसा सहकारी बैंक मार्फत लिएर सहकारीद्वारा कृषकलाई पु¥याउँछौ भनेर प्रयास ग¥यौ तर सफल भएन् । यहि कोभिड १९ को महामारीको विचमा तरलताको लागि ५ अर्व माग्यौ त्यो पनि हुन सकेन ।

बजारमा आर्थिक गतिविधीमा प्रतिशप्रर्धात्मक रुपमा जानुपर्छ भनेर महासंघ लाग्यो । सहकारी ऐनमा सन्दर्भ व्यजदर तोक्ने विषयमा स्पष्ट लेखिएको छ । सहकारी अभियान्ताले सहकारी ऐन र नियमावली अनिवार्य रुपमा अध्ययन गर्नुपर्छ । सहकारीसंग बाझिएका ४७ वटा ऐनलाई संशोधनको लागि पठाएका छौ ।

अजोज मसान्त भित्रमा दोहोरो सदस्यता अन्त्य गर्ने र वित्तीय सहकारीले आफ्नो पूँजीको ३० प्रतिशत तथा उत्पादन सहकारीले ७० प्रतिशत पूँजी कृषि लगायत उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने निर्देशनलाई कोभिड १९ को कारणले तत्काल लागु गर्न नसकिने भन्दै पटक पटक पहल गरेपछि १ वर्ष म्याद थप गर्नको लागि मौखिक प्रतिवद्धता जनाएको छ ।

सहकारी संस्थाहरुले उत्पादन र उद्योगमा जाने सदस्यलाई १४ देखि ७० प्रतिशत व्याज लिदा सदस्यको जीवन कहिले उकासिन्छ । सबैभन्दा पहिले सहकारी हाम्रो बाध्यता हो की अनिवार्यता हो भन्ने कुरा सदस्यलाई बुझाउन जरुरी छ । सहकारीहरु मुल्य र मान्यता अनुसार चल्नुपर्छ र सदस्य पनि मुल्य र मान्यताको फलो गर्नुपर्छ ।

अबको आवश्यकता एकीकरण नै हो । एकीकरण गरेर अगाडी बढनुको विकल्प छैन । संस्था थोरै सदस्य धेरै र बलियो बनेर नीजि संस्थासँग प्रतिस्पर्धा गर्नुपर्छ । संस्था जति ठुलो भयो त्यति बलियो हुन्छ । बैंकबाट कर्जा लिने सदस्यलाई एउटै सहकारीले कर्जा दिन सक्नु पर्छ । ५ वटा सहकारीबाट सदस्य भएर लिने सुविधा एउटै सहकारीबाट सदस्यलाई दिनुप¥यो ।

स्वागत कार्यक्रममा नेफ्स्कुनका केन्द्रीय सदस्य चण्डी प्रसाद शर्माले बोल्नुभएको थियो । कार्यक्रम संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता उपाध्यक्ष अशोकगोविन्द राजभण्डारीको स्वागत र सचिव तेजेन्द्र थापाले सञ्चालन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *