दसैंका लागि मुस्ताङबाट बाहिरिदै भेडाच्यांग्रा,महंगियो भाउ

एसके थकाली,मुस्ताङ

विश्वव्यापी महामारीको रुपमा उत्पन्न कोरोना भाइरसको जोखिमका बीच हिमाली जिल्ला मुस्ताङबाट दसैलाई लक्षित गरेर भेडाच्याङ्ग्रा बाहिरिन थालेको छ ।

भेडाच्याङ्ग्रा खरिद गर्न जिल्ला बाहिरका व्यापारी यसवर्ष पशुपालक किसानको रखोरमै धाउन थालेका छन् ।

बिहीबारसम्म करिब ३ दर्जन बढी भेडा र च्याङ्ग्रा मुस्ताङ आएको पाइएको छ । पोखरा(काठमाडौं लगायतका सहरमा पुर्‍याउने उद्देश्यले भेडा(च्याङ्ग्रा खरिद गर्न व्यापारी जोमसोमदेखि उपल्लो मुस्ताङको लोमान्थाङ सम्म पुगेका छन् ।

कोरोना माहामारीका कारण उत्तरी कोरलानाकाबाट तिब्बती भेडा र च्याङ्ग्रा नआए पछि मुस्ताङका पशुपालक किसानले पालेको स्थानीय भेडा र च्याङ्ग्राको मुल्य महंगिएको हो । उपल्लो मुस्ताङका विभिन्न ग्रामिण भेकमा पालन गरिएका भेडा—च्याङ्ग्रा स्थानीयले जोमसोम ल्याएर व्यापारीलाई बिक्री गर्दै आइरहेकोमा यसवर्ष भने कोरोनाका कारण व्यापारी पशुपालकको खोरमा पुगेर खरिद गर्न थालेकाले भेडा(च्याङ्ग्राको भाउ बढेको हो । भेडा—च्याङ्ग्रा खरिद गर्न पोखरारकाठमाडौं,पर्वत,तनहुँ ,स्याङ्जा ,बाग्लुङ र म्याग्दी लगायतका जिल्लाबाट मुस्ताङ पुगेका हुन् ।

गतवर्ष मुस्ताङमा २३ हजार भेडारच्याङ्ग्रा जिल्ला बाहिरिएको थियो । तर, यसवर्ष कोरोना कहरका कारण गत वर्षको तुलनामा ३३ प्रतिशत मात्र भेडा—च्याङ्ग्रा मुस्ताङबाट बाहिरिने सम्भावना रहेको जोमसोमका स्थानीय पशुपालक किसान भुपेन्द्र शेरचनले जानकारी दिए ।

यसवर्ष तिब्बतबाट भेडा(च्याङग्रा नआएकाले मुस्ताङमा च्याङ्ग्राको भाउ महंगिएको उनले बताए । उनका अनुसार यसवर्ष ९ हजार भन्दा बढी च्याङ्ग्रा जिल्लाबाट नजाने उल्लेख गरे । ुयो वर्ष एकदमै न्युन संख्यामा भेडारच्याङ्ग्रा जोमसोम झरेको छ ।मुस्ताङको ३ स्थानीय तहबाट करिब ७ हजार र डोल्पाबाट करिब १५ सय भेडा(च्याङ्ग्रा आउन सक्छ,ु शेरचनले भने ।

हिमाली जिल्लाको चिसो हावापानीमा हुर्काइएको भेडा—च्याङ्ग्राको मासु स्वास्थ्य प्रर्वधक र स्वादिलो हुने शेरचनले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *