कोरोना संक्रमणबाट आज बागलुङका ७७ वर्षीय पुरुषको मृत्यु

आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

बागलुङ नगरपालिका–-३ का ७७ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण बुधबार चरक मेमोरियल अस्पताल पोखरामा निधन भएको हो ।

उच्च रक्तचाप र मुटुको समस्या रहेका उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि पोखरा लगिएको थियो । उपचारको क्रममा पोखरा लगिएका उहाँको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले प्रेस विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ । उनी विगत लामो समयदेखी बानपा ३ मा किराना व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

यो सँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *