गण्डकी प्रदेशमा कोरोना संक्रमितको उपचार निशुल्क

आदर्श अनलाइन, पोखरा

कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित नागरिकको उपचार खर्च आफै बेहोर्नु पर्ने निर्णय गरे पछि संघीय सरकारको चर्को आलोचना भइरहेको छ ।

तर, प्रादेशिक स्तरका गण्डकी र लुम्बिनी प्रदेश सरकारले भने आफ्ना प्रदेशका नागरिकको उपचारको जिम्मा लिने उद्घोष गरेका छन् ।

संघीय सरकारले नगर्ने निर्णय गरे पनि गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको निशुल्क उपचारलाई यथावत राख्ने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रेस सल्लाहकार बिक्रम न्यौपानेले आदर्श अनलाइनलाई जानकारी दिए । कोरोना भयावहको सुरुवातीदेखि कोरोना उपचारको जिम्मा प्रदेश सरकारले नै लिएको र अबको दिनमा पनि कोरोना संक्रमितहरुको उपचारको जिम्मा प्रदेश सरकारले नै लिने उनको भनाई छ ।

अहिले गण्डकी प्रदेशभर ३८ स्थानको आइसोलेसनमा कोरोना संक्रमितको निशुल्क उपचार भईरहेको प्रदेश सरकारले जनाएको छ। गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६ हजार ६७ जना पुगेको छ। जसमा ५४ जना संक्रमितको मृत्यु भइसकेको छ भने ३ हजार ६०५ जना निको भएर घर फर्किसकेका छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *