गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको दसैं भत्ता कोरोना कोषमा

आदर्श अनलाइन,पोखरा

संघीय सांसद र केही स्थानीय तहका जनप्रतिनिधिले कोरोना संकटका बेलामा पनि दसैं भत्ता लिएको बारे व्यापक आलोचना भइरहेको छ । आम सञ्चार माध्यम र सामाजिक सञ्जालमा चर्को आलोचना पछि केही सांसदहरुले भत्ता फिर्ता र केहीले बाढी पहिरो पीडित लगायतमा सहयोग गर्ने घोषणा गरिरहेका छन् ।

तर, गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले दसैं भत्ता कोरोना कोषमा जम्मा गरेका छन् । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्री सहित ७ जना मन्त्रीलाई आउने दसैं बापतको भत्ता कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *