बागलुङमा एक सुत्केरी महिला सहित ९ जनामा कोरोना पुष्टि

आदर्श अनलाइन, बागलुङ

बागलुङका एक सुत्केरी महिला सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा एक सुत्केरी महिला सहित चार शंकास्पद बिरामी, नेपाली सेना, प्रहरी छन् । यस बाहेक अन्य सबै कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु रहेको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।

प्रहरीमा कार्यरत १ महिला १ पुरुष, कारागारमा रहेकी निसीखोलाकी १ एक महिला, धौलागिरी अस्पतालको १ कर्मचारी, नेपाल बैकमा कार्यरत १ महिला कर्मचारी, बानपा ९ को १ पुरुष, बानपा २ का २ जना पुरुष र बागलुङ बजारमा औषधी पसल संचालन गरेका एक पुरुषमा कोरोना पुष्टि भएको कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

यो सँगै जिल्लामा संक्रमित संख्या ६ सय ३७ पुगेको छ । यसमध्ये ४ सय २५ जना निको भइसकेका छन् । १ सय ७३ जना आइसोलेसनमा छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *