गण्डकी प्रदेशमा थप चार कोरोना संक्रमितको मृत्यु

आदर्श अनलाइन, पोखरा

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण गण्डकी प्रदेशमा एक महिला सहित थप चार जनाको ज्यान गएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले आइतबार बिहान दुई पटक जारी गरेको विज्ञप्ति अनुसार पोखराका विभिन्न तीन अस्पतालमा गरी चार जना सङ्क्रमितको ज्यान गएको हो ।

पोखरा महानगरपालिका २२ का ६८ वर्षीय कोरोना सङ्क्रमित पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । यस्तै, पोखरा ३२ का ५८ वर्षीय कोरोना सङ्क्रमित पुरुषको पनि कोभिड–१९ का कारण ज्यान गएको छ । उहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ज्यान गएको हो । त्यस्तै त्यही अस्पतालमा उपचारत पोखरा १५ का ५२ वर्षीया महिलाको पनि ज्यान गएको छ ।

यसैगरी, चरक मेमोरियल अस्पतालमा थप एक जना कोरोना सङ्क्रमित पुरुषको ज्यान गएको छ । पोखरा १ का ४२ वर्षीय कोरोना सङ्क्रमित पुरुषको ज्यान गएको हो ।

योसहित गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ६३ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *